१३ बैशाख २०८१, बिहीबार
चपरगौडी सिमरी जोढ्ने पक्की पुल निर्माण हुँदा हर्षित


कोहलपुर नगरपालिकाको वडा नम्बर १२ र १३ लाई जोढ्ने पक्की पुल निर्माणको कार्यले तिब्रता पाएको छ। कोहलपुर वडा नम्बर १२ चपरगौडि र वडा नम्बर १३ को सिमरी गाउँमा पुल नहुदा स्थानीय जनतालाई निकै कठिनाइ परेको थियो। वडा नम्बर १२ का स्थानिय कृषकलाई खेतीपाती गर्नको लागि वारिपारी गर्न अनि सामुदायिक बनमा गएर घाँस दाउरा गर्न निकै समस्या परेको वडा नम्बर १२ का स्थानिय बासिन्दाहरुले बताएका छन् ।
त्यस्तै वडा नम्बर १३ सिमरीका स्थानियलाई कोहलपुर बजार आवतजावत गर्न अनि स्कुल कलेज पढ्ने बिद्यार्थि भाईबहिनिहरुला स्कुल आउजाउ गर्न निकै कठिनाई हुने गरेको वडा नम्बर १३ का स्थानिय बासिन्दाहरुले बताएका छन् ।
पुल नहुदा लामो बाटो घुमेर कोहलपुर बजार जानू पर्थो भने पुल निर्माण सम्पन्न भैइसकेपछी छोटो दुरि मै आउजाउ गर्न सकिने बताए । लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालय अन्तरगत सडक पुर्वाधार बिकास कार्यलयले ७ करोड १० लाख ७० हजारको लागतमा निर्माण हुन लागेको चपरगौडी सिमरी जोढ्ने पुलको कन्ट्राक एम एस मल्ल नारायणी जेभी कम्पनी नेपालगन्जले पाएको भौतिक पुर्वाधार बिकास मन्त्रालय अन्तरगत सडक पुर्वाधार बिकास कार्यलयका प्राविधिक अधिकृत ओम प्रकाश पौडेलले जानकारी गराएका छन् ।
उनले २०७९ जेठ २४ गते एगृमेन्ट भएर पुल निर्माणको काम सुरु गरेको कम्पनिले २०८० मन्सिर २३ गते भित्र पुल निर्माणको कार्य सम्पन्न गरिसक्ने बताउदै आज सम्म पुल निर्माणको ५०% कार्य सम्पन्न भैइसकेको बताएका छन् ।

Nabintech