७ बैशाख २०८१, शुक्रबार
धर्म सस्कृतिको सरक्षणमा जुट्दै जानकी नगर सस्कृती सरक्षण समिती


कोहलपुर १२ चपरगौडी जानकी टोलमा रहेको जानकी नगर सस्कृती सरक्षण समितिले मङ्गलबार पुत्रदा एकादशीको दिन पारेर रात्रीकालिन भजन किर्तन कार्यक्रम गरेको छ । जानकी टोलमा रहेको सार्वजनिक भवनमा उक्त कार्यक्रम गरिएको जानकि नगर सस्कृती सरक्षण समितीका अध्यक्ष भुपेन्द्र सुबेदीले जानकारी गराएका छन् ।

जानकी नगर सस्कृती सरक्षण समितिका अध्यक्ष सुबेदीले चार महिना अघि मात्र गठन भएको सस्थाले धर्म सस्कृतिको सरक्षण गर्ने उदेश्यले विभिन्न चाडपर्व अनुसार जानकी टोलमा रहेको सार्वजनिक भवनमा भजन किर्तन गर्दै आएको बताएका छन् । पछिल्लो समय हाम्रा छोराछोरी नानिनातिनाको पुस्ताले आफ्नो धर्मसस्कृती रितिरिवाज र परम्परा बिर्सदै गएको हुनाले बेला बेला यस्ता कार्यक्रम गर्दै आफ्नो धर्म सस्कृतिप्रती माया जागृत गर्नु अनि गर्न लगाउनु हाम्रो दायित्व भएको बताएका छन् ।

्यस्ता कार्यक्रम गर्दा आमाबुबाले आफ्ना साथमा छोराछोरी लिएर आउदा एकछिन भएपनी मोबाइल टिभिको नराम्रो लत भुलेर भजन किर्तनमा रम्ने गरेको बताएका छन् । उनले सरक्षण सस्कृती मन्चलाई बाँके जिल्लामै चिनाउन र स्थापित गराउनको लागि स्थानिय तह अनि सरोकारवाला निकायले सहयोग गर्नुपर्ने अपेक्षा सस्कृती सरक्षण समितिको रहेको बताएका छन् । उक्त मन्चले भजन किर्तन टोलि समेत गठन गरि एकादशी लगायत विभिन्न चाडपर्वमा बेलुका आठ बजेदेखि दश बजेसम्म भजन किर्तन गरिने बताए । उनले सम्पुर्ण वडाबासिहरुलाई उक्त भजनकिर्तन कार्यक्रममा सहभागी हुन आग्रह समेत गरेका छन् ।

Nabintech