११ बैशाख २०८१, मंगलवार
दिनदहाडै खुकुरी हान्रे ४ जना समातिए


बाँके / अंग्रेजी नयाँ बर्षको साँझ नेपालगञ्जको कारकादौंमा रहेको स्टारलाईट होटलमा भएको झगडाकै कारण सोमबार गणेशपुरमा खुकुरी प्रहारको घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नेपालगञ्जको गणेशपुरमा आईतबार दिउसो नेपालगञ्ज १२ का अनुराग शाह, जानकी ३ का उज्वल शाह र नेपालगञ्ज ३ का शुभम शाहलाई खुकरी प्रहार गरिएको थियो । ति मध्ये अनुरागको अवस्था गम्भिर छ । घाइतेको लखनउमा उपचार भईरहेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार अंग्रेजी नयाँ बर्षको साँझ नेपालगञ्जको कारकादौंस्थित स्टारलाईट होटलमा खुकुरी प्रहारबाट घाइते भएका अनुराग शाह र घटनामा संलग्न रहेका तासे भन्ने प्रकाश थापाको समूहबीचमा वादविवाद र झगडा भई थापाको टाउकोमा चोट लागेको थियो ।

सोही घटनाको बदला लिने उद्धेश्यले शाह समेतमाथि योजना बनाई खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । दुबै समूह फरक–फरक राजनीतिक पृष्ठभूमी भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गरी फरार रहेका ४ जना ब्यक्ति पक्राउ
घटना बिवरण :

मिति २०७९।०९।१७ गते अं.१४ः१५ बजेको समयमा जिल्ला बाँके नेपालगंज उप–महानगरपालिका वडा नं ४ गणेशपुर स्थित ग्ए घद्द भ्ग् डटज्ञट नम्बरको भारतिय कारमा आएका विनय भण्डारी, नारायण डाँगी, प्रकाश रसाईली, तासे भन्ने प्रकाश थापा समेतका व्यक्तीहरुले जिल्ला बाँके नेपालगंज उप–महानगरपालिका वडा नं.१२ वस्ने अनुराग शाह, ऐ.जानकी गा.पा.वडा नं.३ बस्ने उज्वल शाह र ऐ.नेपालगंज उप–महानगरपालिका वडा नं.४ वस्ने सुभमजंग शाहलाई खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्त हुदा साथ तत्काल यस कार्यालयबाट कार्यालय प्रमुख प्र.उ.सन्तोष सिंह राठौरको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटी गई तत्काल घाइतेहरुलाई उपचारको लागि नेपालगंज शिक्षण अस्पताल नेपालगंज पठाइएको, निजहरुको अवस्था बुझी खुकुरी प्रहार गरी भागेका व्यक्तिहरुको खोजतलास एवं पक्राउ गर्नको लागि यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खुकुरी प्रहार गर्ने मानिसहरुको पिछा गर्दै जाँदा जिल्ला बाँके डुडुवा गा.पा वडा नं ३ स्थित बनकट्टीबाट रामपुरुवा जाने कच्ची बाटोको दक्षिणतर्फ गहुँ लगाएको खेतमा घटनामा प्रयोग भएको  खैरो रंगको कार फेला पारी घटनामा संलग्न जिल्ला बाँके नेपालगंज उप–महानगरपालिका वडा नं।१८ वस्ने वर्ष २९ को विनय भण्डारी, ऐ।ऐ।वडा नं।६ वस्ने वर्ष ३१ को तासे भन्ने प्रकाश थापा, ऐ।राप्तीसोनारी गा।पा। वडा नं।२ वस्ने वर्ष ३१ को नारायण डाँगी र ऐ।वैजनाथ गा।पा। वडा नं।५ वस्ने वर्ष २९ को प्रकाश रसाईली भन्ने तुल्सीराम सुनार लाई ऐ।डुडुवा गा।पा वडा नं।२ दासपुरुवा भन्ने स्थान बाट नियन्त्रणमा लिइएको, उक्त घटनामा प्रयोग भएका २ थान खुकुरी जिल्ला बाँके नेपालगंज उ।म।न।पा वडा नं ५ फुल्टेक्रा स्थित सडक बाटो नजिक बुट्यान झाँडीमा फेला पारी बरामद गरी अनुसन्धान भइरहेको ।

यसैबीच पुस १४ गते विहान नेपालगञ्जस्थित जयन्दु वाल सुधार गृहको भेन्टिलेसन तोडेर फरार चारजनालाई प्यूठानको नौवहिनी गाउँपालिका ४ बाट पक्राउ गरिएको छ ।

Nabintech