१३ बैशाख २०८१, बिहीबार
सरल बन्दै प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘मुभ’ गर्न माहिर छन् । केही दिनअघि उनले यस्तो ‘मुभ’ गरे कि पाँचदलीय गठबन्धन ‘तासको घर’ बन्यो । प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा उक्लिए ।

उनी यतिवेला रिल्याक्स मुडमै देखिन्छन् । छिटो निर्णय क्षमता उनको विशेषता हो । सार्वजनिक र निजी जीवनमा उनी यस्तो विशेषता देखाइरहेकै हुन्छन् । उनलाई बुझ्नेहरु भन्छन्, ‘कठोरमा कठोर र सरलमा सरल उनको परिचय हो ।’

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उनी ‘सरल’ देखिए । अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि उनी एकाएक भीआईपी कक्ष छाडेर आन्तरिक यात्रु कक्षतिर मोडिए । खासमा उनी सर्वसाधारणसँग विमानस्थलबारे प्रतिक्रिया लिने मुडमा रहेछन् ।

उनले आन्तरिक पर्यटकहरुसँग विमानस्थल कस्तो लाग्यो रु भन्ने प्रश्न गरे । भारतको कर्नाटकबाट आएका एक पर्यटकले सुन्दर भएको संक्षित उत्तर दिए । प्रचण्ड रोकिएनन् । नजिकै प्रधानमन्त्री पाएपछि केहीले सेल्फी मोह देखाए । केहीले बधाई दिन भ्याए । केहीले नानीबाबुसँग फोटो खिचाए ।

‘यो त विदेशमै जस्तो भयो’, पोखराका रविन अधिकारीले भने, ‘हामीले पनि विदेशमा जस्तै सर्वसाधरणसँगै हाम्रो प्रधानमन्त्री प्रचण्ड देख्न पाइयो ।’

विदेशी र स्वदेशी यात्रुसँगको भलाकुसारीपछि उनी काठमाडौं फर्किए । ‘कहिल्यै प्रचण्डलाई नजिकबाट देखिएको थिइन । एकदमै सरल मान्छे हुनुहुँदो रहेछ’, काठमाडौंबाट बिदा मनाएर फर्केकी राधिका न्यौपानेले भनिन् ।

नेपाल प्रेस बाट

Nabintech