१४ बैशाख २०८१, शुक्रबार
खजुरामा अध्यक्षसंग जेष्ठ नागरीक कार्यक्रम संचालनमा


बाँकेको खजुरा गाउँपालिकाले अध्यक्षसंग जेष्ठ नागरीक कार्यक्रम संचालनमा ल्याएको छ । पालिका अन्तर्गतका जेष्ठ नागरिक तथा अशक्त नागरीकले घरमा नै स्वास्थ्य सेवा पाउन भन्ने उदेश्यले उक्त कार्यक्रम सुरु गरेको गाउँपालिकाले जनाएको छ ।

अध्यक्षसंग जेष्ठ नागरीक कार्यक्रम अन्तर्गत हरेक २ वटा वडामा एक जना स्वास्थ्यकर्मी खटाईएको छ । ४ जना स्वास्थ्य कर्मिलाई दूई दुई वटा वडामा घरमानै गएर स्वास्थ्य सेवा दिन निर्देशन दिइएको स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले जानकारी दिए । घरमानै आएर आवश्यकत्ता अनुसार स्वास्थ्य परीक्षण गर्ने, ब्लड सुगर परिक्षण, सामान्य उपचार सेवा तथा परामर्श दिने स्वास्थ्य शाखा प्रमुख ढकालले जनाए ।

Nabintech