७ बैशाख २०८१, शुक्रबार
लुम्बिनीमा पद तथा गोपनीयताको शपथ


लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेशसभा नवनिर्वाचित ८७ सदस्यलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा भवन राप्ती उपत्यका देउखुरीमा शपथग्रहण गराएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

अन्य प्रदेशसभामा प्रदेश प्रमुखले प्रदेशसभाका ज्येष्ठ सदस्यलाई शपथ खुवाएपछि ज्येष्ठ सदस्यले प्रदेशसभा सदस्यलाई शपथ खुवाउने गरिन्छ । तर, लुम्बिनीमा भने प्रदेश प्रमुखले नै सांसदहरुलाई शपथ गराए ।

शपथ ग्रहण लुम्बिनी प्रदेशको स्थायी राजधानीबाटै भएसँगै राजधानी पनि कार्यान्वयनमा आएको छ । विभिन्न जातजातिको वेशभूषामा सजिएका लुम्बिनी प्रदेशसभाका सदस्यहरुमध्ये नौजनाले मातृभाषमा शपथ लिएका छन् । शपथ लिएका प्रदेशसभा सदस्यहरुलाई प्रदेश प्रमुख शेरचनले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रदेशसभाका सदस्यहरुले शपथग्रहण गरिसकेपछि अब सोमबार ९पुस १८ गते० आह्‌वान गरेको पहिलो अधिवेशन लुम्बिनी प्रदेशसभाको सभाध्यक्षता गुल्मी क्षेत्र नम्बर २ ९२० बाट निर्वाचित डिल्लीराज भुसालले गर्ने भएका छन् । ज्येष्ठताको पहिचान गरी सभामुख चयन नहुँदासम्म भुसालले बैठक सञ्चालन गर्ने लुम्बिनी प्रदेश सचिवालयले जनाएको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४र४ जना, जसपा, लोसपा, जनमत पार्टी र स्वतन्त्र ३र३ जना तथा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एकरएकजना सांसद छन् ।

शपथ ग्रहण लुम्बिनी प्रदेशको स्थायी राजधानीबाटै भएसँगै राजधानी पनि कार्यान्वयनमा आएको छ । लुम्बिनी प्रदेश देशका सात प्रदेशमध्ये आफ्नै संरचना बनाएर आफ्नै भवनबाट सञ्चालन हुने पहिलो प्रदेश बनेको छ ।

एमाले संसदीय दलको नेतामा लीला गिरी

त्यसैगरी एमाले संसदीय दलको नेतामा रुपन्देहीका लीला गिरी चयन भएका छन् । शपथग्रहणपछि बसेको एमाले संसदीय दलको बैठकले गिरीलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

Nabintech