८ बैशाख २०८१, शनिबार
वाइसिएल नेता गणेश शाही कुमाख गाउँपालिका अध्यक्षमा सिफारिस


सल्यानको कुमाख गाउँपालिकामा माओवादीले उम्मेद्वारको नामावली सिफारिस गरेको छ । बैशाख २ गते देखि प्रदेश कमिटी सदस्यहरुका विचमा पटक पटक छलफल भएपनि एक जनामा सहमती हुन नसकेपछि माओवादीले अध्यक्षका लागि ५ जनाको नाम सिफरिस गरेको हो ।
अध्यक्षमा सिफारिस हुने अहिलेका अध्यक्ष तथा पार्टीका पालिका अध्यक्ष र प्रदेश कमिटी सदस्यहरु रहेका छन । वाइसिएलका केन्द्रिय नेता गणेश शाही, गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर गिरी, प्रदेश कमिटी सदस्यहरु चन्द्र बहादुर राना तथा तिलविर बुढाथोकी र पार्टीका पालिका अध्यक्ष डिल्लीराज जैसी रहेका छन ।

अध्यक्ष गिरीले कोरोना र संरचना निर्माणका कारण सोचेका धेरै काम बाँकी रहेकाले आफ्नो उम्मेद्वारी कायम भएको भन्दै आएकी छन भने अन्यले नयाँलाइ पनि अवसर दिनुपर्ने बताएका छन ।
नेताहरुका विचमा सहमतीको प्रयास गरेपनि सहमती नभएपछि माथिल्लो कमिटीको निर्णय मान्य हुने भन्दै सबैको नाम सिफारिस गरिएको पालिका सचिव यज्ञ गिरीले जानकारी दिएका छन । उनले माओवादी आन्दोलनमा कुमाखको योगदान ज्यादै रहेकोे भन्दै सबै नेताहरुपनि धेरै हुनु स्वभाविक भएको भन्दै जिल्ला समन्वयकोे छनौटमा मान्य हुने र पार्टीलाई जिताउने अभियानमा सबै लाग्ने गरी सबै नेताको नाम पठाइएको बताएका हुन ।
चर्चामा रहेका जिल्ला समन्वय समितिका उपप्रमुख हरि प्रकाश बुढाथोकी र वडा नं। ५ का अध्यक्ष धर्मे बुढाथोकीले सहमतिमा छाडेका छन ।
त्यस्तै उपाध्यक्षका लागि हर्ष बहादुर बुढाथोकी, डिल्लीराज रावत, रमेश बुढाथोकी, विरवल शर्मा, लालचन रावत, धनसरा मल्ल, तुलाराम बोहरा, हस्तकला आचार्य, पुर्णीमा खत्रीको नाम सिफारिस गरिएको छ ।
पालिकाबाट जतिको नाम सिफरिस गरिएपनि जिल्ला समन्वयको निर्णयमा सिफरिस गरिएकाबाट छनौैट गरेमा मान्य हुनेगरि बैठकले निर्णय गरेको हो । त्यस्तै वडा नं। १, २ र ६ मा सर्वसम्मत पठाइएको छ भने अन्य वडाबाट आएका सिफारिसका सम्बन्धमा छनौट समिति निर्माण गरिएको छ ।

Nabintech