१४ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा माओवादी एकल चुनावमा जाने, मेयरमा सर्वसम्मत नरेन्द्र न्यौपाने


कोहलपुर/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरले आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरेको छ । सत्ताधारी गठबन्धको कुरा चलि रहदा कोहलपुरमा भने माओवादी केन्द्र आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय भएको एक माओवादी नेताले जानकारी दिए ।
जसका लागी माओवादी केन्द्रले औपचारीक रुपमा उम्मेदवार पनि टुंगो लगाएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रतिष्पर्धा गरेको र निर्वाचनमा पराजय पछि पनि निरन्तर जनतको घर दैलो र कोहलपुरको बिकासमा क्रियासील नरेन्द्र न्यौपानलेलाई सर्बसम्मत उम्मेदवारका रुपमा प्रदेश समितीमा सिफारीस गर्ने निर्णय भएको एक माओवादी नेताले जानकारी दिए ।
माओवादी केन्द्र कोहलपुरको मंगलवार सम्पन्न नगर समितीको पूर्ण बैठकमा २०७४ पछि निर्वाचिन स्थानीय तहका जनप्रतिनिधीले जन अपेक्षा पुरा गर्न नसकेकाले अव जनताले कोहलपुरमा माओवादीको नेतृत्व खोजि गरी रहेकाले योग्य र सक्षम युवा उम्मेदवार लिएर मैदानमा जाँदा जित सुनिश्चित भएको ठहर सहित नरेन्द्र न्यौपानेलाई उम्मेदवार बनाएको हो ।


मेयरमा नरेन्द्र न्यौपाने सहित १३ वटा वडा अध्यक्षहरुको नाम समेत टुंगो लगाएको एक माओवादी नेताले बताए । जस अनुसार कोहलपुर नगरपालिका वडा नं १ मा बद्रि प्रसाद जैसी (हेमन्त), वडा नं २ मा अमर बिक, वडा नं ३ मा केशव रिजाल, कोहलपुर ५ मा कृष्ण थारु, कोहलपुर ६ मा रामशरण थारु, कोहलपुर ७ मा तेज प्रकाश पुन, कोहलपुर ८ मा चन्द्र बुढा, कोहलपुर ९ मा ओपेन्द्र नाथ योगी, कोहलपुर १० मा कैलो बोहरा (कुशल),कोहलपुर १२ मा निरक शाही, कोहलपुर १३ मा मिना पुन, कोहलपुर १४ मा दान बहादुर वली (निर्माण) र कोहलपुर १५ मा राधेश्याम थारुलाई उम्मेदवार बनाउने निर्णय वडा कमिटी र नगर कमिटीले सर्ब सम्मत रुपमा गरेको छ ।
कोहलपुर ४ र ११ मा आंकाक्षीको संख्या १ भन्दा बढि रहेकाले सर्ब सम्मतको प्रयास भई रहेको श्रोतले जानकारी दिएको छ ।
बैठकले निर्वाचन परिचालनका लागी ३ ओटा कमाण्ड बनाए जिम्मेवारी बाडफाड समेत गरेको बताईइको छ ।
उप मेयर पदमा समेत १ भन्दा बढि आंकाक्षी रहेकाले सर्वसम्मतको प्रयास भई रहेको एक माओवादी नेताले बताए । उप मेयर पदमा समेत १ भन्दा बढि आंकाक्षी रहेकाले सर्व सम्मतको प्रयास भई रहेको एक माओवादी नेताले बताए ।
उप मेयरमा अबराज खड्का ,रेणुका खड्का, साबित्रा पुन, बिण्णु कुमारी चौधरी, कौशिला खड्का र अवराज खड्काको दाबेदारी गरेको रहेको बुझिएको छ ।

Nabintech