१२ बैशाख २०८१, बुधबार
कोहलपुरको बिकासमा निरन्तर क्रियाशील नरेन्द्र न्यौपाने


 

कोहलपुर / २०७४ सालको स्थानीय तहको निर्वाचनमा कोहलपुरमा मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपाने पराजित भए पनि उनको कोहलपुरको बिकासमा निरन्तर क्रियाशीलतामा कमि आएन । बिजयी नभए पनि माओवादी युवा नेता न्यौपाने छाया मेयरका रुपममा जनताको काम गरि रहे । प्रशासनसंग र बिकाससंग सम्वन्धीत काम र जन सेवाको काममा उनि निरन्तर लागी रहे ।


पराजित भएर पनि जनताको काममा लागी रहने नरेन्द्रले जनताको सेवा र कोहलुरको बिकास गर्न पदमै रहनु पर्छ भन्ने नभएको बताउँछन । केन्द्रीय तहको राजनीति गरेर कोहलपुर आए लगतै मेयरमा चुनाव लडेर पराजित न्यौपानेले आफु पछिल्लो ५ बर्षको अवधिमा कोहलपुरको भ राजनैतिक अवस्था, मुख्य मुख्य समस्या र कोहलपुरको सम्भावनाका बारेमा समेत अध्यन गर्ने प्रयाप्त मौका साथै जनताको सेवा गर्ने अवसरका रुपमा आफुले लिएको बताउँछन ।
गाँउ घरका साना तिना समस्या देखी कोहलपुरलाई बिकास र प्रशासनिक हिसावले समृद्ध गर्ने काममा उनको उत्तिकै खटाई छ । कोहलपुरमा बिकासका काममा प्रदेश र केन्द्र सरकार संग लबिङ होस या कोभिडको महामारीमा जनताको सेवामा उनि निरन्तर खटि रहे । न्यौपानेकै नेतृत्वमा कोभिड महाकारीका समयमा बिपन्न तथा मजदुरहरुका लागि १ हजार २ सय बोरा चामल तथा दाल बितरण गरेका थिए ।
कोहलपुरका १५ वटै वडाका बिपन्न तथा दैनिक रोजगारी गुमाएकाहरुका लागी राहात स्वरुप चामल तथा दाल बितरण गरिएको थियो । त्यती मात्रै होईन न्यौपाने चिकत्सक सहितको टोलि लिएर २ सय ५० जना कोभिड संक्रमितको घर घरमा पुगेर औषधि तथा परार्मश सेवा दिएका थिए । न्यौपानेकै नेतृत्वमा कोभिडका कारण मृत्यु भएकाहरुको निशुल्क शव व्यवस्थापनको काम समेत कोहललपुरमा गरिएको थियो ।


कोहलपुरलाई प्रशासनिक केन्द्रका रुपमा बिकास गर्न पनि न्यौपानेको उत्तिकै सक्रियता रह्यो । माओवादी केन्द्रका युवा नेता न्यौपानेको बिशेष पहलमा कोहलपुरमा ईलाका प्रशासन कार्यालयको स्थपना, बिद्युत बितरण कार्यालयको स्थापना भई सकेको छ भने,कोहलपुरमा नापी तथा मालपोत कार्यालयको शाखा स्थपनाको नितीगत निर्णय भई सकेको छ ।
नरेन्द्र न्यौपानेको व्यक्तिगत खटाई र दौडधुपका कारण आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र बाट उनी एक्ला उम्मेदवार हुन । शिक्षीत,योग्य तथा कोहलपुरको बिकास निर्माणमा निरन्तर क्रियासील युवा नेतृत्व हुनाले पार्टीमा मेयर पदमा अन्यले आँकाक्षा समेत नराखेको एक माओवादी नेताले बताए । भिजन सहितको युवा नेतृत्व र निरन्तरको क्रियासीलताले यस पटकको निर्वाचनमा नरेन्द्र न्यौपाने बिजयी हुनेमा आफुहरु ढुक्क रहेको नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष अवराज खड्काले बताए । नरेन्द्र न्यौपानेलाई गठबन्धन दलहरुमा समेत सर्व स्विकार्य पात्रका रुपमा हेर्ने गरिएको र सोही अनुसार कुराकानि हुने गरेको अध्यक्ष खड्का बताउछन ।
चुनावमा टिकट पाएपछि मात्रै सक्रियता देखाउने र जनताको सेवामा लाग्ने राजनैतिक सस्कारलाई नरेन्द्रले चुनौती दिएको कोहलपुरका अगुवा व्यवसायी बलराम काफ्ले बताउँछन । चुनावमा टिकट पाएपछि क्रियासील हुने हारे पछि घर बस्ने, जित मात्रै जनताको सेवा गर्न सकिन्छ भन्ने मान्यता समेत युवा नेता न्यौपानेले तोडिदिएको काफ्लेको भनाई छ ।
छाया मेयरका रुपमा जनताको सबैखाले समस्यामा साथी बनेका न्यौपानेलाई एक पटक कोहलपुरको मेयरका रुपमा कोहलपुरका जनताले हेर्न चाहेको कोहलपुर उद्योग बाणिज्य संघका संस्थापक सदस्य शेषकान्त्त शर्माको भनाई छ । न्यौपाने बिजयी भएमा पश्चिम नेपालको सम्भावनको शहर कोहलपुर देशमै नमुना र अग्रणी बिकास हुने उनले बताए ।
कोहलुरको बिकास गर्न भिजन भएको नेतृत्व र सबै दलको साथ आवश्यक हुने युवा नेता न्यौपानेको भनाई छ । नेतृत्व र पहल एक ठाउमा छ साथ र सहयोग सबैको अवश्यक हुन्छ न्यौपानले भने ।
नेतृत्व क्षमताका कारण पछिल्लो ५ बर्ष खेर गएको बताउने न्यौपानेले अव पनि जुझारु नेतृत्व नपाउने हो भने कोहलपुरको बिकास धेरै पछाडी धकेलिने बताए ।

के छन त कोहलपुरमा न्यौपानेका योजना (कुराकानिमा आधारित)
समुन्नत कोहलपुर निर्माण का लागी हाम्रो पहिलो प्राथमिकता शुसासन र पादरर्शी स्थानीय सरकार नै हुनेछ । स्थानीय सरकारले गरेका काम र योजनाहरु बारे जनतालाई जानकारी दिने र त्यस बारे स्थानीयबासीको गुनासोलाई सम्बोधन गर्ने कुरालाई हामी प्राथमिकतामा राख्ने छौ
हामि कोहलपुरमा लोक कल्याणकारी स्थानीय सरकार बनाउने योजनामा छौ । खास गरि सार्वजनिक सेवा , सार्वजनिक सरोकारका क्षेत्र र आधारभुत बस्तु तथा सेवाको उपभोगमा कोही दबिएको अथवा उत्पीडनमा परेको महसुस गनु पर्ने छैन । निशुल्क शिक्षा, स्वास्थ्यमा सबैको पहुँच कायम हुनेछ । आधारभुत उपभोग्य खाद्य बस्तुमा सबैको पहुच कामय गर्न सहुलियतमा खाद्य बस्तु प्राप्त गर्ने आधार तय गरिने छ ।
नगर अस्पताल बाटै नागरीकहरुलाई सबै खाले स्वास्थ्य सेवा निशुल्क रुपमा लिनका लागि अस्पतालको पुर्वाधार र प्रविधी बिकास गर्ने तथा अन्यत्र जानै पर्ने अस्वस्था सृजना भए अत्याधुनिक एम्बुलेन्स चिकित्सकिय सेवा निशुल्क बनाउने छौ ।
बिजुली र खानेपानी लागायतका अनिवार्य र आधारभुत बस्तु तथा सेवालाई सबैको पहुच कामय गर्दै सर्बसुलभ बनाईने छ ।
सार्वजनिक बिद्यालयको शिक्षाको गुणस्तरलाई बृद्धि गर्न सबै प्रयासहरु गरिने छ । भौतिक पुर्वाधार,जनशक्ति बृद्धिमा मुख्य ध्यान केन्द्रीत गरिने छ । बिपन्न तथा अनाथ बाल बालिकालाई पठन पाठन गर्न आवाशिय बिद्यालयको स्थापना गर्ने सोचमा छौ ।
संबिधानको मर्म अनुसार दलित तथा भुमिहीन सुकुम्वासीलाई भुमि को मालिक बनाउने नितीलाई कार्यान्वयन गर्न स्थानिय स्तर बाट ठोस कदम चालिने छ ।साथै कोहलपुको समस्याको रुपमा रहेको अब्यवस्थीत बसोवासीहरुको समस्या समाधान गर्न भुमि सुधार मन्त्तालय र भुमि आयोगको कामलाई प्रभावकारी ढंगले अगाडी बढाईने छ । १ बर्ष भित्रमा भुमि समस्या समाधान गरि जग्गा धनी प्रमाण पुर्जा बितरण बितरण गर्ने गरि काम गर्ने छौ ।
पर्यटन , कृषि तथा पशु पालन , औधोगिक क्षेत्रको बिकास गरि रोजगारका सृजना गर्ने तथा शैक्षिक बेरोजगार हरुको अभिलेख तयार गरि रोजगारी सृजना लगायतका काम गरिने छ ।
कोहलपुरको बिकासका लागि निजी क्षेत्र ,सहरकारी र स्थानीय सरकारको समस्यमा फोहर मैला व्यवस्थापन , छाडा पशु ,चौपाय ब्यवस्थापन , ठेला व्यवसायीलाई व्यवस्थापन , आटो रिक्सा व्यवस्थापनको काम गर्ने छौ ।
मजदुरहरुका समस्या समाधान श्रम ऐन, समाजिक सुरक्षा ऐन कार्यानयनमा स्थानिय सरकारले समेत आवश्यक समन्वय तथा पहल गर्नेछौ ।
किसान कल सेन्टर बाट कृषितथा पशुपालन क्षेत्रको समस्या समाधान , निशुल्ट टोल फ्रि सेवा मार्फत स्थानिय जनताको जनगुनासो सुन्ने र समाधान गर्ने तथा नगर पालिकाको सम्पुर्ण काम लाई पेपर लेस बनाउने तर्फ काम गर्ने छौ ।
बिधुतीय सेवा प्रयोगमा पे्रात्साहन गर्न , ईन्डक्सन चुल्हो , बिधुतिय सवारी साधन प्रयोगमा प्रत्साहन गर्ने छौ ।
बिकासका कामलाई टिकाउ र दिगो बनाउन नितिगत सुधारका काम गर्ने छौ । केन्द्र र प्रदेश सरकार संगको सहकार्यमा ठुला तथा नमुना बिकासका योजनाहरुलाई अगाडी बढाउने छौ । कोहलपुरलाई प्रशासनिक केन्द्रको रुपमा बिकास गर्न थप प्रयासहरु हुने छन ।
समग्रमा आगामी ५ बर्षमा हामी लोक कल्याणकारी , सुसासन र पादरर्शी स्थानिय सरकार निर्माण गर्ने छौ । बिकासका हिसावले समुन्नत कोहलपुर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नेछौ । रोजगार सृजना र कृषि क्षेत्रमा ठुलो फड्को मार्ने छौ । कोहलपुर र कोहलपुरवासीका लागी आगामी ५ बर्ष स्वर्णीम कार्यकाल हुनेछ ।
राजनिती सेवा हो । रोजगार अथवा पैसा कमाउने र भ्रष्टाचार गरेर अकुत सम्पती आर्जन गर्ने माध्याम बन्नु र बनाईनु हुदैन भन्ने मेरो मान्यता छ र सोही आधारमा म अधिल्लो कार्यकालमा पराजित भएर पनि निरन्तर जनताको सेवामा छु । जनताको सेवा गर्न थप प्टेलफर्म पाएमा एकाकार भएर कोहलपुरका बिकास र पहुँचका लागी अगाडी बढने छु ।

 

Nabintech