१२ बैशाख २०८१, बुधबार
मन्त्रीपरिषदले गर्यो कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गर्ने निर्णय


कोहलपुर/मन्त्रीपरिषदको बैठकले बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । चैत्र १७ गते बसेको मन्त्रिपरिषदको बैठकले बाँकेको कोहलपुरका साथै गौशाला, मोहत्तरी, जोगबुढा, डडेलधुरा र आठविसकोट रुकुम पश्चिमको संगठन संरचना, दरबन्दी तेरिज बमोजिम कार्यालय स्थापना र कार्यक्षेत्र स्वीकृत गर्ने निर्णय गरेको हो ।

माओवादी युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ९अथक० र भुमिसुधार मन्त्री शशी श्रेष्ठको सक्रियता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेको विशेष पहलमा नापी र मातपोल कार्यालय कोहलपुरमा स्थापना गरी कार्यक्षेत्र समेत स्वीकृत भएको छ ।

माओवादी केन्द्रका नेता न्यौपानेले कोहलपुरका जनताहरुको अपेक्षा अनुसार काम गरे, त्यसको फल अहिले पाएकोमा निकै खुसी भएको बताए । उनका अनुसार कोहलपुरमा अबको २ दिनभित्रै मालपोत र नापी कार्यालय स्थापना हुने उनले बताए ।

Nabintech