१५ चैत्र २०८०, बिहीबार
पाँच दलिय गठबन्धनको बैठक कोहलपुरमा


कोहलपुर/अगामी स्थानीय तहको निर्वाचनमा कसरी अगाडी जाने भन्ने बिषयमा सत्ता गठबन्धमा सहभागी दलहरुको बैठक शनिवार कोहलपुरमा सम्पन्न भएको छ ।
गठबन्धमा सहभागी ५ दलका नगर अध्यक्ष र प्रतिनिधी सम्मीलित बैठकले बिगतको स्थानीय तहको समिक्षा गर्दै आगामी योजना तय गर्ने बुझिएको छ ।
कोहलपुरमा क्रियासील नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र , एकिकृत समाजवादी , जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका पदाधिकारी तथा प्रतिनिधी सम्मीलित बैठकले बिगतको समिक्षा गरेको र थप छलफल पछि ठोस धारणा बनाईने माओवादी केन्द्रका नगर अध्यक्ष अवराज खड्काले जानकारी दिए ।
गठबन्धन गरेर अगाडी बढने समझदारी भएपनि नेतृत्व र सहभागीताका बिषयमा थप छलफल आवश्यक रहेको खड्काले जानकारी दिए ।

Nabintech