७ बैशाख २०८१, शुक्रबार
माओवादीलाई हार्ने छुट छैन


दश बर्षे जनयुद्धको जगमा स्थापित माओवादी खुल्ला राजनीतिक यात्रामा संसदीय व्यवस्था मान्दै निर्वाचनमा होमिएको तीन पटक मात्र भयो । राजनीतिमा सिद्धान्तभन्दा व्यक्ति माथि हुँदैन भन्ने प्रचलन माओवादीमा स्थापित हुन त केही समय लाग्ला नै। हजारौंसहिदको रगतबाट स्थापित माओवादी पार्टी अन्ततः विचार र सिद्धान्त बीचको द्वन्द्वमा फस्दा विभाजन हुन पुग्यो।
कम्युनिष्ट घोषणापत्रमा लेखिएको छ,सर्वहारा वर्गले आफ्नो राजनीतिक प्रभुत्वको प्रयोग गरि पूँजीपति वर्गबाट बिस्तारै–बिस्तारै सारा पूँजी खोस्नेछ, शासकवर्गको रुपमा संगठित सर्वहारावर्गको हातमा उत्पादनका सारा साधनलाई केन्द्रित पार्नेछ र सकेसम्म तीव्र गतिले सारा उत्पादक शक्तिहरुलाई बढाउने छ । तर माओवादीले गरिब र मध्यम वर्गबाट आन्दोलन उठाएको भएपनि पूँजीपतिको हातबाट सत्ता खोसेर सर्वहारावर्गको हातमा पु¥याउन हरपल प्रयास गरिरहेको छ। गरिब झन् गरिब, धनी झन् धनी हुने अवस्थालाई रोक्न माओवादी कमजोर हुँदा प्रतिगामी शक्तिहरु टाउको उठाउन प्रयत्नशील रहेपनि माओवादी त्यसको विरुद्धमा सधैं अग्रमोर्चामा रहेर संघर्ष गरिरहेको छ ।
नेपाली राजनीतिमा सत्तालाई मात्र प्रधान मान्ने प्रवृत्तिले शान्ति प्रक्रियापछि आम नागरिकमा माओवादीले गरेको सम्पूर्ण वाचा ऊ कमजोर हुँदा अझै सबै पूरा हुनसकेका छैनन्। पार्टी विधान र पद्धतिभन्दा आफूलाई माथि ठान्ने नेताको प्रवृत्तिले अन्ततः माओवादीलाई पनि अछुतो भने राख्न सकेन । म्यानफ्रेड डेविडम्यानले भनेझैं, प्रजातन्त्रको वास्तविक संघर्ष वामपन्थी र दक्षिणपन्थीबीच होइन,निर्णय अधिकारसहितको सहभागिताको लागि हो भन्ने भावनाबमोजिम माओवादीमा अहिले आम नेपालीको आशा र भरोसा पुनः एकपटक थपिएको छ । माओवादीले हार्दा प्राप्त उपलब्धि खतरामा परेको महसुस गरेका आम नेपालीजन यसपटक माओवादीबाट राष्ट्रको भविष्य खोजिरहेको महसुस पछिल्लोपटक माओवादीप्रति देखिएको उत्साहबाट पनि सजिलै बुझ्न सकिन्छ ।
वाक स्वतन्त्रता र दासत्वको विरुद्ध बुलन्द आवाज उठाएको माओवादी अहिले पनि यसैको पक्षमा लडिरहेको छ। शेक्सपियरले, झुठो बोल्नेलाई अरुले विश्वास गर्दैनन् भन्ने होइन कि ऊ स्वयं नै कसैलाई बिश्वास गर्न सक्दैन भनेझैँ झुटको सहारामा राजनीतिक सुतिखेती चलाइरहेकाहरूको भण्डाफोर पनि माओवादीले नै गर्नुपर्ने छ । अरुले देखाएको झुठो सपनाको समुन्द्रमा आफै डुब्नबाट जोगिँदै त्यो भ्रम चिर्न माओवादीले ठूलै संघर्ष गर्नुपर्नेछ । सत्तामा हुँदा जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सयौं काम माओवादीले गरेको भएपनि जनतामाझ पु¥याउन नसक्दा त्यसको प्रभावकारिता हुननसकेको मात्र हो। सत्ता प्राप्तिको लागि संघर्ष सधैं जारी राख्ने अरु दल एकातिर र जनताको सरोकारमा सधैं डटिरहने माओवादी अर्कोतिर हुँदा भने पार्टी संगठन निर्माण गर्न र नेता कार्यकर्ताको व्यवस्थापनमा उसले त्यति धेरै सशक्त प्रगति नगरे पनि अहिले करिब ९ लाख नेताकार्यकर्ताको बलमा माओवादी जुरुक्क उठ्नेछ। रातारात एमालेसँग माओवादीको गठबन्धन बनाएर निर्वाचनमा होमिएको संयुक्त गठबन्धन पार्टी एकतामा प्रवेश गर्दै अन्ततः विभाजनमा प्रवेश ग¥यो । बाइबलले भनेझै, नास हुनुभन्दा पहिले व्यक्ति घमण्डी हुन जान्छ भन्ने भनाइलाई अहिले विपक्षी दलले पुष्टि गरिरहेको अवस्थामा माओवादीले बलियो आधारसहित उनीहरुको चरितार्थ देखाउन आवश्यकता पनि देखिन्छ । देश विकासको अल्पकालीन र दीर्घकालीन कयौं योजना बनाएको माओवादी कमजोर हुँदा कतिपय योजनाहरु अहिले पनि अलपत्र छन् ।
नेपाली जनताले एक पटक मनन् गरौं, जनता भनेका सत्तामा पु¥याउने भ¥याङ मात्र होइन, देशको रुपरेखा कोर्ने पेन्सिल पनि हो । गान्धीले भनेझैं व्यवहारमा पनि लागू गर्ने कि सधैं पश्चाताप मात्र गर्ने हो त्यो भने अबको निर्वाचनमा उनीहरुले माओवादीलाई हेर्ने नजरबाट थप प्रष्ट पार्नेछ। माओवादीले केही गर्छ भन्ने आशा आम नागरिकमा अहिले पनि छ तर जनमत विपरित गएमा माओवादीबाट उनीहरुले गर्ने आशा पूरा हुन सक्दैन र माओवादीलाई जिताउनुपर्ने निष्कर्षमा धेरै जनता पुगेको पछिल्लो जनमतले देखाउँछ ।
आजसम्म जे जस्तोसुकै अवस्थामा रहेपनि अब गाउँ–गाउँ जनतामा जाऊ, आफ्नो विचार,योजना, अहिलेसम्मको उपलब्धिबारे बुझाऊ र माफी पनि माग । प्रतिज्ञा गर र भन– कहिल्यै राष्ट्र हितबिरुद्ध कसैलाई जान दिंदैनौ। शहर तिम्रो लागि होइन र यहाँको रमझममा नभुल । पार्टीका ती कार्यकर्तामा जाउ, जसले स्वार्थको लागि नभई कमजोर परिस्थितिमा पनि खम्बा बनेर पार्टी बचाए । प्रत्येकका घर–घरमा जाऊ, हिजोका खम्बालाई फेरि उभ्याऊ, जो आज लडेका छन् ।

Nabintech