१६ चैत्र २०८०, शुक्रबार
राप्तीसोनारी क्षेत्रको समग्र बिकासको नेतृत्व माओवादीले लिन्छ : नेता अमर खड्का


कोहलपुर/नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका युवा नेता अमर खड्काले राप्तीसोनारी क्षेत्रको समग्र बिकासको नेतृत्व माओवादीले लिने बताएका छन ।
हालको स्थानीय सरकार राप्तीसोनारी क्षेत्रको समग्र बिकास भन्दा आफ्ना कायकर्ता भरण पोषण र व्यवस्थापनमा लागेको भन्दै उनले बिकास र समृद्धिको नेतृत्व माओवादीको कांधमा आएको बताए । प्रेस सेन्टर नेपाल राप्ती सोनारीको प्रथम ऐतिहासीक सम्मेलनको उद्धघाटन कार्यक्रममा बोल्दै खड्काले यस्तो बताएका हुन ।
मिडियाको उल्लेखनिय बिकास हुन नसकेको राप्ती सोनारी क्षेत्रमा अनियमितता र भ्रष्टाचारका थुप्रै घटनाहरु रहेको भन्दै सो बारेमा खवरदारी गर्न प्रेस सेन्टरका पत्रकारहरुलाई उनले आग्रह गरे ।
प्राकृतिक श्रोत र साधनको धनी रहेको नेपालकै बढी क्षेत्रफल भएको पालिका भए पनि बिकासका हिसाबले निकै पछाडी परेको भन्दै उनले स्थानीय सरकारले उचित पहल लिन नसकेको गुनासो गरे ।
माओवादीको जनयुद्ध कालिन आधार ईलाका समेत रहेको राप्ती सोनारी क्षेत्रको बिकासका लागि आफुहरु ठोस योजना सहित अगाडी बढेको उनको भनाई थियो ।
कार्यक्रममा माओवादी केन्द्र राप्ती सोनारीका अध्यक्ष चिम बहादुर धर्ति निर्मल ,प्रेस सेन्टरका प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले र जिल्लाका वरिष्ठ उपाध्यक्ष राजेश आचार्य लगायतले अव बिकासको नेतृत्व माओवादी केन्द्रले गर्ने बताएका थिए ।
सो क्षेत्रमा बोटा र विद्युतको बिस्तारको काम माओवादीले गरेको भन्दै स्थानीय सरकारको नेतृत्व पाए कृर्षि , पर्यटन र रोजागारको सृजना गर्न सकिने उनिहरुको भनाई थियो ।

Nabintech