८ बैशाख २०८१, शनिबार
विकास प्रेमी नेता थारु जुटे कोहलपुर ५ का स्थानीय जनताको समस्या समधानमा


कोहलपुर/नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका युवा नेता कृष्ण बहादुर थारु यतिबेला जनताको काममा दिन रात खटिएका छन । बुधवार मात्र कोहलुर ५ को विकट दैलेखी टोलमा १० थान विद्युत पोल खसालेको नेता थारुले जानकारी दिए । कोहलपुर नगरपालिकाका जनप्रतिनिधी संग बर्षो देखि माग गर्दा समेत सुनवाई नभएकोमा माओवादी केन्द्र कोहलपुरका नगर उपाध्यक्ष तथा कोहलपुर ५ का ईन्चार्ज थारुको पहलमा विद्युत पोल झरेको हो ।
स्थानीय मोति राज सिंहले थारुको पहलमा आफ्नो टोलमा विद्युत पोल आएको भन्दै निकै खुशि व्यक्त गरे । उनले विद्युत पोल आए संगै टोलमा खुसियाली छायको नेपाल रेकर्डलाई जानकारी दिए ।
कृष्ण थारुको पहलमा बुद्ध टोल नारायण थारु टोलमा विद्युतको ३० वटा पोल विस्तारसँगै ट्रान्स फार्मर जडान र तार बिस्तार गर्ने काम सम्पन्न भएको स्थानियले बताएका छन । साथै सोहि टोलमा बाटो स्तरउन्नतीको काम समेत सम्पन्न गरिएको कृष्ण थारुले जानकारी दिए ।

Nabintech