११ बैशाख २०८१, मंगलवार
प्रेस सेन्टरको डुडुवा अध्यक्षमा कालु गिरि चयन


प्रेस सेन्टर नेपाल डुडुवा गाउँपालिकाको प्रथम भेलाले कालु गिरीको नेतृत्वमा गाँउ कमिटि चयन गरेको छ । मंगलबार सम्पन्न भेलाले गिरीको नेतृत्वमा सर्वसम्मत गाँउ कमिटि चयन गरेको हो । जसको उपाध्यक्षमा दिपशिखा दाहाल बिष्ट, सचीवमा मनिषा परियार, सहसचिवमा अम्मर बुढाथोकी र कोषाध्यक्ष रहिस अलि शेष चयन भएका छन भने सदस्यहरुमा इसाक अलि शेष, अमानत शेष, नन्दा शाही, मदन हमाल, भिकु बरहि र रतन चलाउने चयन भएका छन ।

प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको भेलामा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सुशिल शर्मा, माओवादी केन्द्र डुडुवाका अध्यक्ष भोला यादव, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष एंव संगठनका बाँके जिल्ला ईन्चार्ज प्रदिप वाग्ले, सचिवद्वय आलम खान, गजेन्द्र गुरुङ, डुडुवाका उपाध्यक्ष मानबिर थापा, दयाराम यादव, सचिव प्रेमा शाही, सहसचिव रत्न चलाउने, प्रेस सेन्टर नेपाल नेपालगञ्जका अध्यक्ष चन्द्र बोहरा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारीतमा बर्ग पक्षधरता हुने भन्दै उत्पिडीत उपेक्षित बर्ग समुदाय र क्षेत्रको पक्षमा डटेर कलम चलाउनु पर्ने धारणा राखेका थिए । उनिहरुले भौगोलिक बिकट डुडुवामा सञ्चार क्षेत्रको बिकासका लागि संगठनले पहलकदमी लिने धारणा राखेका थिए । प्रेस सेन्टर नेपालले यस अघि कोहलपुर र नेपालगंज उपमहानगर पालिकामा कमिटी गठन गरि सकेको छ ।

Nabintech