४ बैशाख २०८१, मंगलवार
कोहलपुर शान्तिनगर वासीको बसाईसराई दर्ता गर्न नगरपालिकालाई विभागको निर्देशन


कोहलपुर (बाँके)/ राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले कोहलपुर नगरपालिका ११ नम्वर वडा कार्यालयलाई बसाईसराई जस्ता व्यक्तिगत घटना दर्ता गर्न निर्देशन गरेको छ ।
विभागले वडा कार्यालयको क्षेत्राधिकार भित्र पर्ने जग्गामा बरोवास गरी आएका अव्यवस्थित भुमिहिन तथा सुकुम्वारीहरुको व्यक्तिगत घटना दर्ता नगरिदिएको कारण राज्यको सेवासुविधाबाट समेत बञ्चित रहेको भन्दै कोहलपुर नगरपालिका ११ नम्वर वडा कार्यालयलाई बसाईसराई जस्ता व्यक्तिगत घटना दर्ता गर्न निर्देशन गरेको हो ।


११ नम्वर वडा कार्यालयलाई लेखेको पत्रको कोहलपुर नगरपालिकालाई समेत बोधार्थ दिदै लेखिएको पत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आदेशमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले वडा कार्यालयलाई अव्यवस्थित भुमिहिन तथा सुकुम्वारीहरुको व्यक्तिगत घटना दर्ता गर्न निर्दे गरेको उल्लेख छ ।


अखिल नेपाल सुकुम्वासी संघ बाँकेको पहलमा विभागको चलानी नम्वर १५२२ मिति २०७८ फागुन ८ गते लेखेको पत्रमा कोहलपुर नगरपालिकाको नाममा पुनरावेदन अदालत नेपालगञ्जबाट २०७१ भाद्र ११ गते परमादेश जारी भएको र सर्वाेच्च अदालतको २०७४ भाद्र ४ को फौसला र आदेशबाट परमादेश सदर भएको समेत उल्लेख गरिएको छ ।
कोहलपुर नगरपालिका ११ नम्वर वडा कार्यालयले शान्तिनगरमा वसेका अव्यवस्थित भुमिहिन तथा सुकुम्वारीहरुको व्यक्तिगत घटना दर्ता नगरिदिएर जन्म,मृत्यु तथा अन्य व्यक्तिगत घटना ऐन,२०३३ र मौलिक हगको उलंघन गरेको अखिल नेपाल सुकुम्वासी संघ बाँकेका अध्यक्ष तिलक राज सिजापतीले बताए ।
अध्यक्ष सिजापतीले भने सम्मानित अदालतको फैसला र आदेशको विरुद्धमा गएर नगरपालिका र वडा कार्यालयले मानहानी गरे छ । अझै पनि सम्मानित अदालतको फैसला/आदेश र राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको निर्देशन कार्यान्वयन नभए अव्यवस्थित भुमिहिन तथा सुकुम्वारीहरुलाई अन्याय हुन्छ, अदालत र विभागको निर्णय र निर्देशन चाडो भन्दा चाडो कार्यान्वयन गर्न आग्रह गर्दछु उनले भने ।


विभागले पठाएको पत्रका विषयमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले अदालतको आदेश र विभागको निर्देशन कार्यान्वयन गर्ने बताए ।
विभागबाट आएको पत्र संघका अध्यक्ष सिजापतीले प्रमुख प्रशासकिय अधिकृत ढकाल र वडा सचिव प्रदिप रावतलाई आजै बुझाएको बताए । शान्तिनगरमा करिव ७ सय बढी अव्यवस्थित भुमिहिन तथा सुकुम्वारीहरुको वसोवास रहेको छ ।

 

 

Nabintech