कोहलपुर / पुर्ब जनमुक्ति सेना नेपालका योद्धाहरुले परिर्वतन र बिकासका लागि आफुहरु फेरी जनयुद्धमा जस्तै योगदान गर्न तयार रहेको बताएका छन ।
पुर्व जनमुक्ति सेना नेपाल कोहलुर नगर समितीले शनिवार आयोजना गरेको बनभोज तथा प्रशिक्षण कार्यक्रममा बोल्ने जनमुक्ति सेनाहरुले यस्तो बताएका हुन । उनिहरुले परिर्वतन र बिकासको बाकि शृङ्खलाको जिम्मेवारी पार्टीले दिए जस्तो सुकै जिम्मेवारी पुरा गर्ने बताए ।
पुर्व जनमुक्ति सेना नेपालकी योद्धा कबिताले परिर्वतनको संवाहक माओवादी भएकाले माओवादी आन्दोलन संगै जनताका सपना गासिएको भन्दै फेरि एक पटक बलिदानका लागि तयार हुन सवै लाई आग्रह गरिन । पुर्व जनमुक्ति सेना नेपालका नगर अध्यक्ष बिश्वको अध्यक्षमा भएको कार्यक्रममा कोहलपुर क्षेत्रमा बसोवास गर्ने २ सय पुर्व पिएलएहरुको सहभागिता रहेको थियो । उनिहरुले आगामी स्थानिय चुनाबमा पार्टीको अभियान संगै जोडिएर काम गर्न वडा तहमा परिचाल गर्ने टिम समेत बनाएका छन ।
सोहि कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एंव कोहलपुर नगर ईन्चार्ज नरेन्द्र न्यौपानेले जनमुक्ति सेनाको योगदान लाई पार्टीले उच्च मुल्याकन गरेको भन्दै जनमुक्ति सेनाले फेरी श्रेष्ठता हासिल गनुपर्ने बेला आएको बताए । उनले युद्ध मोर्चामा जस्तै चुनाबि मोर्चामा खटिन उनले जनमुक्ति सेना लाई निर्देशन दिए । उनले शान्ति कालमा पुर्व जनमुक्ति सेनाको व्यवस्थापनमा केहि कमजोरी भएको भन्दै पार्टी आगामी दिनमा जनमुक्ति सेना लाई उचित जिम्मेवारी , सरकारका तर्फबाट घाईतेको उपचार र राहात लगायतका कार्यक्रम ल्याईएको जानकारी दिए । कार्यक्रममा माओवादी प्रदेश समिती सदस्य रेणुका खड्का सामना लगायतले बोलेका थिए कार्यक्रममा प्रदेश सदस्यहरु तुलाराज बिष्ट (विहानि)दिपेन्द्र शाह (युगान्त), बृगेड सह – कमाण्डर दामोदर अधिकारी (संभाव ) , नगर अध्यक्ष अबराज खड्का , नगर उपाध्यक्षहरु बल बहादुर खड्का , कृष्ण थारु , नगर सचिब दान बहादुर वलि , नगर कोषाध्यक्ष सुरज जागा लगायतको उपस्थिति रहेको थियो ।
(हेर्नुहोस भिडियो र फोटो फिचर)