१२ बैशाख २०८१, बुधबार
कोहलपुरको समग्र विकासका लागि माओवादी प्रयासरत


कोहलपुर / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगरपालिका वडा नं ५ को कार्यालय उद्धघाटन गरिएको छ ।
एक औपाचारीक कार्यक्रमकाबीच नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य एंव प्रदेश सभा सदस्य उषा कुमारी पुन र केन्द्रिय सदस्य एंव कोहलपुर नगरपालिका ईन्चार्ज नरेन्द्र न्यौपानेले संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका हुन ।


सो कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य एंव कोहलपुर नगर ईन्चार्ज नरेन्द्र न्यौपानेले कोहलपुरको समग्र बिकासका लागि माओवादी प्रयासरत रहेको बताए । उनले कोहलपुरमा नापी तथा मालपोत कार्यलय, ईलाका प्रशासन कार्यालय, बिद्युत बितरण केन्द्र लागतयका कार्यलय ल्याउन आफुहरुको योगदान रहेको बताए ।
यसैगरि कोहलपुरका भुमिहीन तथा सुकुम्वासीहरु लाई जग्गाधनी प्रमाण पुर्जा बितरणका लागि केन्द्रीय भुमि आयोज संग सहकार्यमा काम अगाडी बढि रहेको दाबि गरे ।
प्रदेश सभा सदस्य उषा कुमारी पुनले परिर्वतन र बिकासका लागि आगामी स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको विजय अनिवार्य भएको बताईन । माओवादीका एजेण्डा सहित जनताको घर घरमा जान समेत उनले कार्यक्रर्ता लाई दिर्नेशन दिईन ।
उनले मानिसहरुलाई झुटो आश्वासन दिएर मानिसहरुलाई पार्टी प्रबेश गराउने भन्दा कोहलपुरको बिकासका लागी योगदान गरेर बिकास गर्ने एजेण्डा अगाडी सार्न आफुहरु जनतामाझ जाने धारणा राखे ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुर वडा नं ५ का वडा समितिका अध्यक्ष भुपराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा नगर अध्यक्ष अवराज खड्का,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुर नगर समिति उपाध्यक्ष तथा वडा इन्चार्ज कृष्ण बहादुर चौधरी लाएतका नेताहरुको उपस्थिती रहेको थियो ।

 

 

Nabintech