११ बैशाख २०८१, मंगलवार
एकल चुनाव लड्न माओवादी सक्षम छ : प्रचण्ड


कोहलपुर बाँके / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी स्थानीय तह निर्वाचनमा माओवादी एक्लै प्रतिष्पर्धा गर्न सक्षम रहेको बताएका छन । कर्णाली प्रदेशको पार्टी प्रशिक्षण सकेर काठमाण्डौ जाने क्रममा कोहलपुरमा आयोजित कार्यकरता भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले माओवादी आफ्नै खुटामा उभिन सक्षम रहेकाले गठबन्धन वा सहकार्य आवश्यक नभएको बताए । उनले युद्धकालमा जस्तै कमाण्ड र योजना बनाएर गाउँ गाँउमा जनतालाई प्रशिक्षित गर्न समेत निर्देशन दिए ।

उनले गणतन्त्र,संघियत ,धर्मनिरपेक्षता र समानुपातिक समाबेशी प्रतिनिधीत्व माओवादी योगदान भन्दै यसको महत्व जनतालाई बुझाउन आग्रह गरे । त्यसैगरी लोडसेडिङको अत्य लगायत माओवादीका सकारात्मक कामको पनि प्रचार गर्न आग्रह गरे ।

उनले पार्टीको आठौ महाअधिबेशनले समाजवाद निर्माणका आधार तयार पारेको भन्दै सोही आधारमा पार्टी अगाडी बढने बताए ।

उनले स्वदेशी उत्पादनलाई बढावा दिदै आत्म निर्भर अर्थतन्त्र बिकास गरि उत्पादन ,रुपान्तर र सांस्कृतीक अभियान सञ्चालन गरिने बताए । उनले एमसीसी व्याख्यात्क टिप्पणी अमेरीकाले स्विकार गरेकाले आफुले उठाउदै आएको संसोधन सहितको एमसीस िपास गर्ने एजेण्डा सफल भएको दाबि गरे ।

सोहि कार्यक्रमममा बिभिन्न पार्टी परित्याग गरी ३ दर्जन बढि माओवादी केन्द्र प्रबेश गरेका छन । कोहलपुर नगरपालिका वडा नं ३, कोहलपुर २ र कोहलुर १४ का तिन दर्जन बढि माओवादी केन्द्र प्रबेश गरेका हुन ।

Nabintech