१४ बैशाख २०८१, शुक्रबार
कोहलपुरको विकास र समृद्धिको यात्रामा माओवादी भूमिका


कोहलपुर पश्चिम नेपालको गेटवे हो । सम्भावनाका हिसावले कोहलपुरको बिकासका प्रचुर अवसरहरु छन् । संघियतासंगै बनेको स्थानीय तहले कोहलपुरको संरचनाको विकास र प्रशासनिक केन्द्रको रुपमा योजनाबद्ध बिकासमा खासै पहल गरेको नपाईएपनि कोहलपुरको आफ्नै महत्व छ । तर कोहलपुरका राजनैतिककर्मी र नागरीक समाज एवं उद्योगी व्यवासयीले कोहलपुरको समग्र बिकास भन्दा पनि कोहलपुरलाई कमाई गर्ने थलोका रुपमा मात्रै लिने गरेको तथ्यहरुले देखाएको छ । अर्थात समग्र कोहलपुरको बिकास गर्ने यसै भित्र आफ्नो स्पेस खोज्ने भन्दापनि कोहलपुरलाई भरपुर उपयोग गर्ने व्यक्तिगत रुपमा आर्थिक बिकास गर्ने ध्येय नै अधिकांशको मुल ध्येय बन्न पुगेको देखिन्छ ।
बाँके जिल्लाको दोस्रो ठूलो सहरका रुपमा कोहलपुरमा तिब्र जनसंख्या बृद्धि भई रहेको छ । पछिल्लो जनगणना अनुसार १ लाख भन्दा बढी जनसंख्या बसोवास गरेको भएपनि अप्रत्यक्ष जनसंख्या भने झण्डै १ लाख ५० हजारको हाराहीमा हुन सक्ने अनुमान छ । औद्योगिक क्षेत्रको रुपमा बिकास भई रहेको कोहलपुरमा औद्योगिक मजदुर, शैक्षिकहवको रुपमा बिकास भई रहेको कोहलपुरमा पढने बिद्यार्थी र व्यापारीक केन्द्रका रुपमा अन्य उद्योगी व्यवसायीको कारण उच्च जन घनत्व छ । उच्च संभावना बोकेको शहर भएपनि नेपालगंजको छायामा कोहलपुर पर्ने गरेको देखिन्छ । अलग्गै सामरिक महत्व भएको स्थल भएर पनि किन ओझेलमा पर्यो कोहलपुर ? यो कोहलपुरबासीले केलाउने बेला आएको छ । बिगतलाई सहि तरिकाले बिश्लेषण गर्ने हो भने जव जव माओवादी पार्टी शक्तिमा पुग्छ कोहलपुरले केही न केही पाउने गरेको छ भने माओवादी ओझेलमा पर्दा कोहलपुर पनि ओझेलमा पर्ने गरेको तत्य कहि कतै लुकेको छैन ।
अर्थात कोहलपुरमा जे जती प्रशासनीक तथा अन्य मुख्य संरचनाहरुको निर्माण तथा बिकास भएका छन् त्यसमा माओवादी पार्टीकै प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान भेटिन्छ ।
मालपोत र नापि सम्वन्धी कामका लागी दैनिक सयौ सर्वधारण लाई नेपालगंज जानुपर्ने बाध्यता थियो । दैनिक नेपालगंज जानु पर्दा समयको मात्रै होईन पैसा समेत निकै खर्च हुने गरेको छ । तर अव सो झण्झट बाट कोहलपुर , बैजनाथ र राप्ती सोनारीबासीले मुक्ति पाउने भएका छन । माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपाने नेतृत्वको टोलीले नापी तथा मालपोतको ईकाई कार्यालय कोहलपुरमा स्थपनाका लागी भुमि सुधार मन्त्री शसि श्रेष्ठ लाई ज्ञापन पत्र बुझाएको थियो ।
माओवादी नेतृ एंव भुमि सुधार मन्त्री शसि श्रेष्ठको प्रस्तावमा नापी र मालपोत कार्यालयको ईकाई कोहलपुरमा स्थापना गर्ने निर्णय नेपाल सरकारले गरेको छ । माओवादी नेता एंव युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक र युवा नेता नरेन्द्र न्यौपानेको बिशेष पहलमा मन्त्री श्रेष्ठले सो प्रस्ताव मन्त्री परिषदमा लगेकी थिईन ।
बर्तमान गठबन्धन सरकारको मन्त्री परिषदबाट उक्त निर्णय भई अर्थ मन्त्रालयले आवश्यक बजेट समेत सुनिश्चत गरेको छ । कोहलपुर नगरपालिकाले भौतिक पुर्वाधारको व्यवस्थापन लगतै कार्यालय कोहलपुरमा स्थपना हुने छन । नापी र मालपोत कार्यालयको स्थापनासंगै कोहलपुरको आर्थिक गतिबिधी थप चलायमान हुने छ भने सर्व साधारणको समय र पैसा दुबैको बचत हुनेछ ।

ईलाका प्रशासन कार्यालयको स्थापना
कोहलपुर लगायत बाँके जिल्लाको उत्तरी भेगका सयौं मानिसहरु नागरिकता लिन, राहादानी बनाउन लगातय जिल्ला प्रशासनबाट सेवा लिन दैनिक नेपालगंज जाने गरेका थिए । सेवा लिन नेपालगंज जांदा सर्वसाधारणको पैसा र समय दुवै खर्च हुने गरेको थियो । सो कुरालाई मध्य नजर गदै माओवादीले कोहलपुर, बैजनाथ र राप्तीसोनारीका जनताको सुबिधाका लागि ईलाका प्रसासन कार्यालय कोहलपुरमा स्थापनाको पहल सुरु गर्यो ।
संबिधान निर्माण पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बन्यो त्यसको गृहमन्त्री थिए शक्ति बहादुर बस्नेत । माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताको सक्रियतामा गृहमन्त्री बस्नेतले २०७३ सालमा ईलाका प्रशासन कार्यालय कोहलपुरमा स्थापना गरेका थिए । ईलाका प्रशासन कार्यालय स्थापना भएसंगै कोहलपुर,बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका जनता जिल्ला प्रशासन कार्यालयमा जानु पर्ने झन्झट बाट मुक्त भएका छन । नागारिकता, राहदानी बनाउने लगायतका काम सहित हाल ईलाका प्रसासन कार्यालय कोहलपुरमा दैनिक ५० को हाराहारीमा नागरिकता सहित झण्डै २ सय जनाले सेवा लिने गरेका छन ।
ईलाका प्रशासन कार्यालयको स्थापनासंगै कोहलपुरको आर्थिक गतिबिधी थप चलाएमान हुनुका साथै कोहलपुर एक प्रशासनिक ईकाईको रुपमा समेत बिकास भएको छ ।

बिद्युत बितरण केन्द्र स्थापना
कोहलपुर, राप्तीसोनारी र बैजनाथका सयौ जनता बिद्युतको मिटर लिन समेत नेपालगंज जानुपर्ने बाध्यता थियो । सानो तिनो र्ममत र बिुद्युत बिस्तारका लागी पनि नेपालगंज नधाई नहुने अवस्था थियो । त्यसैलाई मध्येनजर गदै माओवादी केन्द्रले बिद्युतको बितरण केन्द्र कोहलपुरमा सेवा केन्द्रका रुपमा स्थापनाको लागी पहल लिएको थियो ।
बितरण केन्द्रको सेवा केन्द्र निर्माण भई सके पछि डिभिजन कार्यालय संगको समन्वयमा कोहलपुरले सिधै बिधुत बिस्तार , लाईन मर्मत लगायतका काम गर्ने गरेको छ । जिल्ला अन्र्तगत रहदा २ ओटा पोल चाहिए नेपालगंज जानु पर्ने अवस्था बाट मुक्त भएर अहिले बार्षिक ५ करोडको हाराहारीमा बजेट परिचाल भई रहेको छ ।
माओवादी मन्त्री जर्नादन शर्मा प्रभाकर उर्जा मन्त्री भएकै समयमा कोहलपुरमा विद्युत बितरण केन्द्रका रुपमा बिकास गरियो । बितरण केन्द्रका रुपमा काम सुरु भएपछि बिद्युत बिस्तार र्ममत सम्भारका काम कोहलपुरबाट गरिन थालियो । जसले गर्दा सर्बसाधारणलाई नेपालगंज जाने झण्झटबाट मुक्ति मुल्यो । सेवा केन्द्रका रुपमा काम गर्दा एक मिटर बक्स जडानका लागी समेत महिनौ नेपालगंज धाउनु पर्ने बाध्यता थियो । सो बितरण केन्दको तत्कालीन मन्त्री शर्मालेनै उद्घाटन गरेको थिए । सो बितरण केन्द्रबाट दैनिक हाल दैनिक ४ सयका हाराहारीले सेवा लिने गरेका छन । विद्युतको काम लिएर नेपालगंज जानु पर्ने झण्झटबाट कोहलपुर, बैजनाथ र राप्ती सोनारीका जनताले मुक्ति पाएका छन ।

महिला क्रिकेट एकेडमी
बांके त्यसमा पनि कोहलपुर महिला क्रिकेटको उर्वर भुमि हो । कुनै बेला महिला राष्ट्रिय क्रिकेट टिमका अधिकांस सदस्य बाँके जिल्ला अर्थात कोहलपुरका हुन्थे । महिला क्रिकेटमा बाँकेले एक पहिचान बनाएको थियो । तर सो पहिचान लाई कायम राख्न र थप बिकास गर्न महिला क्रिकेटको क्षेत्रमा नबिनतम सोच बन्न सकेन । यसबिचमा माओवादी केन्द्रबाट प्रतिनिधीत्व गर्दै महेश्वर गहतराज अथक युवा तथा खेलकुद मन्त्री बने लगतै कोहलपुरमा महिला क्रिकेट एकेडमी निर्माण हुने भएको छ । सोसंगै लामो समयसम्म घोषणा भएरपनि अलपत्र रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्यले समेत गती पाउने छ ।
घोषणा भएको १० बर्ष भन्दा बढी भई सक्दा समेत अन्तराट्रिय क्रिकेट मैदानमा कुनै संरचना निर्माण हुन सकेका छैनन् । यसै क्षेत्रका संघीय संसाद महेश्वर गहतराज अथक मन्त्री भए संगै कोहलपुरको क्षेत्रको पहिचानमा ईटा थपिने निश्चित भएको छ । अन्तराष्ट्रिय क्रिकेट मैदान र महिला क्रिकेट एकेडमी नेपालमै उदाहरणीय हुने छन् । जो कोहलपुरमा माओवादी कै पहल र नेतृत्वमा बन्ने निश्चित प्राय छ । मन्त्री अथकले भण्डै १ अर्व ३० करोड लागतमा निर्माण हुने महिला क्रिकेट एकेडमी तथा अन्तराष्ट्रिय किक्रेट मैदान निर्माण कार्यको सिलन्यास गरि गरिसकेका छन् । नगर बिकास समितीले क्रिकेट मैदानको जग्गाको स्वामित्वको बिषयमा निर्णय गर्दा रोकिएको निर्माण प्रक्रियकाले गतिलिने छ । क्रिकेट मैदानको जग्गा राष्ट्रिय खेलकुद परिषद लाई २० बर्ष लिजमा दिने सम्झौता गरिसके पछि निर्माण प्रक्रिया सुरु हुने   छ ।

नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको स्थापना
तत्कालीन अवस्थामा बाँकेका जिल्ला तथा तत्कालीन भेरी राप्ती र कर्णालीको मुख्य अस्पतालको रुपमा भेरी अंचल अस्पतालले सेवा दिदै आएको थियो । खास गरि बाहीरी जिल्लाबाट रेफर भएर आउने बिरामी भेरी अंचल अस्पतालमा आउने र सो अस्पतालमा सेवालिने गदै आएका थिए । भेरी अस्पतालमा आउने बिरामी सो अस्पतालमाबाट सम्भव नभए भारतको लखनउ जाने गरेका थिए ।
भारत जाने बिरामी रोक्न बाँके जिल्लामै मेडिकल कलेज स्थपनाको पहल सुरु भयो । मेडिकल कलेज स्थपनाका लागि कोहलपुर नगरबिकास समितीले कोहलपुर ११ टाउन प्लान एरिया भित्र बिना प्रतिस्प्रर्धा १० बिगाह जग्गा दिने निर्णय भयो । तर सो जग्गा प्राप्तीपछि भने लर्ड बुद्ध एजुकेशन एकेमडिले कोहलपुर भन्दा सिमा क्षेत्र भवानियपुरमा संरचना निर्माण सुरु गर्यो ।
माओवादी युद्धकालिन अवस्थामा कोहलपुरमा बिना प्रतिस्प्रर्धाा जग्गा लिएर अन्यत्र संरचना निर्माण सुरु गरेपछि युद्धरत माओवादीले संचालकलाई कोहलपुरमा संरचना निर्माण नगरे कार्यवाही भोग्नु पर्ने आसायको बिज्ञप्ती जारी गर्यो । कोहलपुरलाई बिशेष महत्व र अपनत्वका साथ हेर्ने गरेको माओवादीको सो बिज्ञप्तीपछि संचालनकहरु भवानियपुरमा जग निर्माण गरेको संरचना छोडेर कोहलपुरमा मेडिकल कलजे स्थपना गर्न राजि भएका थिए । कोहलपुरको पहिचानको रुपमा रहेको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताललाई कोहलपुरमैं स्थापना गर्न माओवादीको ठूलो योगदान छ । मेडिकल कजेज सञ्चालनका लागी कोहलपुर नगर बिकास समितिबाट सस्तो मुल्यमा १० बिगाह क्षेत्रफल लिएर सञ्चालकहरुले मेडिकल कलेज भने बाँके जिल्लाको भवानियापुरमा स्थापन गर्ने तयारी गरेकै बेला माओवादीका तत्कालीन बाँके बर्दिया ईन्चार्ज ज्ञान प्रसाद चालिसे (आयाम) ले २०५६÷०५७ सालमा लिखित रुपमै सो विरुद्ध बिज्ञप्ती जारी गरेका थिए ।
कोहलपुर नगर बिकासबाट सस्तो मुल्यमा जग्गा लिने तर भवानियापुरमा मेडिकल कलेज खोल्ने योजना माओवादी कै कारण असफल भएको थियो । हाल सो मेडिकल कलेज कोहलपुरको शान र गौरवका रुपमा हामिले लिने गरेका छौ । मेडिकल कलजकै कारण कोहलपुर क्षेत्रको आर्थिक गतिबिधी चलायमान छ ।

राष्ट्र बैंकको गोदाम घर
राष्ट्र बंैकले हाल लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलाई समेत सेवा दिने गरि गोदाम घर कोहलपुरमा निर्माण गर्दैछ । गोदाम घर निर्माण गर्न कोहलपुर नगर बिकाससंग जग्गा खरिद प्रक्रिया लामो समयसम्म अलपत्र थियो । भनौ, नगर बिकास समितीले बिक्रि गरेको जग्गा बिवाद कै कारण राष्ट्र बैंक अन्यत्र जाने अवस्था थियो । तर, बिभिन्न दलको नेतृत्व गर्दै नगर बिकास समितीमा जानेहरुले सो बिवादलाई नजर अन्दाज मात्रै गर्ने गरेका थिए ।
तर माओवादी पार्टीका तर्फबाट अवराज खड्काको नेतृत्वमा कोहलपुर नगर बिकास समिती गठन भयो र सो लगतै राष्ट्र बंैकको गोदाम घर निर्माण प्रक्रियाले गति लियो । खड्काको चासो र पहलमा ५ बर्ष देखि जारी जग्गा बिवाद हल गरेर जग्गा बिक्रि प्रक्रियाले पुर्णता पायो र हाल राष्ट्र बैकको गोदाम घर निर्माण प्रक्रिया समेत अगाडी बढेको छ । गोदाम घर निर्माणसंगै कोहलपुरको आर्थिक बिकासमा थप टेवा पुग्ने अपेक्षा छ ।
यसका साथै कोहलपुर नगरबिकास समितीमा माओवादी केन्द्रका नेता अवराज खड्का अध्यक्ष रहदा यसको मुहार फेरीएको छ । नगर बिकासको टाउन प्लान भित्र ३० औ बर्ष देखि व्यवस्थीत बिद्युतीकरण हुन सकेको थिएन । करिब ५ करोडको लागतमा व्यवस्थीत बिद्युतीकरण गरिएको पुर्व अध्यक्ष एंव माओवादी केन्द्रका नगर अध्यक्ष अवराज खड्का बताउछन ।
खड्काको कार्यकालमा नगर बिकास भित्र आरसीसी नाला निर्माण र अस्फाल पिच सुरुवात गरिएको थियो । सोहि अवधिमा टाउन भित्रका साना बाटहरु समेत पिच गर्न सुरुवात गरिएको थियो । खड्काको कार्यकालमा नगर बिकास समितीले कोहलपुरमा छोटो दुरीको आधुनिक बसपार्क निर्माण गरिएको थियो भने सपिङ कम्पलेक्स निर्माणको डिपिआर तयार गरिएको छ । आम्दानीको श्रोत बढाउन झण्डै ५ दर्जन सटरहरु निर्माण गरिएको थियो ।

बागेश्वरीलाई आंगिक क्याम्पसमा रुपान्तरण
कोहलपुरमा रहेको एक मात्र पव्लिक क्याम्पसलाई आंगिक क्याम्पस बनाउन र यसको बिकासमा माओवादी कार्याकालमा महत्वपुर्ण योगदान रह्यो । माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपाने क्याम्पस सञ्चालन समितीका अध्यक्ष भई सकेपछि मध्यपश्चिम बिश्व बिद्यालय अन्र्तगतको आंगिक क्याम्पसमा बिकास गरियो ।
क्याम्पसमा पुर्वाधार बिकास , सि सि क्यामरा जडान, फर्निचर व्यवस्थापन, पुस्तकालयमा पुस्तक थप व्यवस्थापन लगायतका महत्वपुर्ण उपलब्धी भएको क्याम्पसका प्राध्यापकहरु बताउछन ।
आंगिक क्याम्पस भएसंगै न्युनतम शुल्कमा विद्यार्थिले उच्च शिक्षा पढन पाउने भएका छन् ।

Nabintech