८ बैशाख २०८१, शनिबार
माओवादी केन्द्रमा बाँके बाट ४ केन्द्रीय सदस्य थपिए


माओवादी केन्द्रको जारी केन्द्रिय समिती बैठकमा बाँके बाट ४ जना केन्द्रिय सदस्य थपिएका छन । युवा नेता तथा अखिल क्रन्तिकारीका पुर्व केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपाने मुश्लिम नेता अतहर हुसेन फारुकी, महिला नेतृहरु पार्बति पुन उषा र कृष्णा केसी नमुना केन्द्रिय समितीमा थपिएका हुन । सबै माओवादी केन्द्रका युवा नेता हुन । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको हो ।
युवालाई महत्त्व
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरुलाई पार्टीमा महत्वपूर्ण स्थान दिने भनेर गरेको बचन पुरा गरेका छन् । अध्यक्ष प्रचण्डले गत पुसमा सम्पन्न राष्ट्रिय महाधिवेशन हलमा केन्द्रीय सदस्यको नाम घोषणा गर्दा पार्टी संगठनमा लामो योगदान गरेका युवा विद्यार्थीहरु नपरेको भन्दै युवाहरूबाट असन्तुष्टि भएको थियो । त्यसपछि अध्यक्ष प्रचण्डले केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका युवा विद्यार्थीलाई पार्टी केन्द्रीय समितिमा ल्याउने बताएका थिए । सोही बचनअनुसार प्रचण्डले विस्तारित केन्द्रीय समितिमा रञ्जित तामाङ, उत्तम अधिकारी, विष्णु सापकोटा, सुमन देवकोटा, रमेश मल्ल लगायतलाई समेटेका हुन् । उनीहरुलाई क्लस्टर अनुसार केन्द्रीय समितिमा सिफारिस गरिएको हो ।

Nabintech