६ बैशाख २०८१, बिहीबार
मेची महाकाली बुहारी संयुक्त आवाज बाँकेको निःशुल्क स्वास्थ्य शिविर


कोहलपुर/ मेची माहाकाली बुहारी संयुक्त आवाज बॅाके तथा भेरी कर्णाली अस्पताल प्रा.लि को संयुक्त समन्वयमा महिलाको पाठेघर सम्बन्धि निःशुल्क चेक जाँच स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।


११२ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सञ्चालन गरिएको स्वास्थ्य सिविरमा कोहलपुर र बैजनाथका गरि १ सय २० आमाहरुले निशुल्क स्वाथ्य जाँच गराएको संस्थाका अध्यक्ष उर्मिला अधिकारी पाण्डेले जानकारी दिईन ।
सो अवसरमा आमाहरुको निशुल्क स्वास्थ्य जांच गर्नुका साथै केहि औषधि समेत निशुल्क दिईएको संस्थाकी लुम्बिनी प्रदेश उपाध्यक्ष रेणुका खड्काले जानकारी दिईन् ।
सो क्रममा बरिष्ठ स्त्रि रोग बिशेषज्ञ डा होमराज अधिकारीले स्वाथ्य जाँच गरेको भेरी कर्णाली अस्पताल प्रलिका रत्न चन्दले जानकारी दिए ।
मेची माहाकाली बुहारी संयुक्त आवाज बाँकेले समय समयमा समाजिक सेवामुलकका साथै हिंसामा परेका महिला तथा बाल बालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाकी प्रेश संयोजक उषा कुमारी उपाध्यायले जानकारी दिईन ।

Nabintech