७ बैशाख २०८१, शुक्रबार
व्याख्यात्मक घोषणा सहितको एमसीसीले देशलाई निकास दियो : शिक्षा मन्त्री पौडेल


कोहलपुर (बाँके)/ शिक्षा तथा बिज्ञान प्रबिधि मन्त्री एंव माओवादी केन्द्रका प्रभावशाली नेता देबेन्द्र पौडेल (सुनिल)ले व्यख्यात्मक घोषणा ससिहतको एमसीसी पासले देशलाई निकास दिएको दाबि गरेका छन । व्याख्यात्मक घोषणा सहितको एमसीसी पास संगै देश तिन तहको निर्वाचन सम्म जाने आधार तयार भएको भन्दै उनले यसले देशलाई निकास दिएको बताएका हुन ।
प्याब्सनको आईतवार देखि नेपालगंजमा हुने राष्ट्रिय महाधिबेशन उद्धघाट गर्न नेपालगञ्ज आई पुगका मन्त्री पौडेलले प्रेस सेन्टर बाँकेले आयोजना गरेको संक्षिप्त पत्रकार भेटघाटमा बोल्दै यस्तो बताएका हुन । उनले एमसीसी राष्ट्रहित भन्दा बाहिर नजाने समेत दाबि गरे ।
एमसीसी कै कारण माओवादीमा बिग्रह आउन सक्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिदै उनले जारी केन्द्रिय समितीको बैठकमा सो बिषयमा गहन छलफल हुने तर पार्टीमा बिग्रह नआउने दाबि गरे । उनले केही साथिहरुको भिन्न मत सहित पार्टी एक ढिक्का भएर अगाडी बढने दाबि गरे । उनले आफु मन्त्री भए संगै शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन प्रयास गरि रहेको भएपनि संसद अवरोधका कारण सम्भव हुन नसकेको बताए ।
५२ बुदाको शिक्षा सुधार कार्ययोजना निर्माण गरेर काम गरि रहेको बताउँदै मन्त्री पौडेलले भौतिक पुर्वाधार बिकास र गुणस्तरीयता बृद्धिका लागि संग संगै काम भइ भइरहेको जानकारी दिए । उनले यस बर्ष मात्रै ४ हजार २ सय सामूदायिक बिद्यालयको भौतिक पुर्वाधार बिकासका साथै २ हजार बिद्यालयमा कम्प्युटर ल्याव निर्माणको काम अगाडी बढेको जानकारी दिए ।
लामो समय देखि काम गरि रहेका राहात शिक्षकहरुलाई अन्तरिक प्रतिष्प्रर्धा बाट स्थाई र त्यसो नभए उनिहरुलाई गोल्डेन अफर सहित बिदाई गर्ने गरी आफुहरुले काम गरि रहेको जानकारी दिए ।
मदरशा शिक्षा, गुरुकुल शिक्षा र गुम्बा शिक्षालाई नियमन र बिकास गर्दै अगाडी बढाईने उनले बताए । प्याब्सनको सातौ राष्ट्रिय महाधिबेशन आईतवार देखि नेपालगंजमा सुरु हुदै छ ।

Nabintech