११ बैशाख २०८१, मंगलवार
बिरोध प्रर्दशनका क्रममा प्रहरीबाट धरपकड तथा बल प्रयोगको अधिकारकर्मीहरुद्धारा बिरोध


शान्तिपुर्णरुपमा प्रर्दशन गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्न अधिकारकर्मीहरुले माग गरेका छन ।
मिलिनियम च्यालेन्ज कर्पोरेसन सम्झौता को विरोधमा नागरिक अभियान्ता, राजनैतिक दल तथा नागरिक समाजहरुद्धारा काठमाण्डौमा भईरहेको बिरोध प्रर्दशनका क्रममा प्रहरीबाट धरपकड तथा बल प्रयोग गरी केही नागरिक अभियान्ताहरु घाईते समेत बनाईएको घटनाप्रति उनिहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन ।
संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा २०, नागरिक तथा राजनितिक अधिकार सम्बन्धि अन्तराष्ट्रिय महासन्धि, १९६६ को धारा २१, र नेपालको संविधानको धारा १७ ले विना हातहतियार शान्तिपुर्वक भेला हुने तथा विचार तथा अभिव्यक्ति राख्न पाउने स्वतन्त्रताको सुनिश्चितता गरेको छ । नागरिकहरुबाट गरिएको शान्तिपुर्ण आन्दोलनमा प्रहरीबाट अधिक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन विपरित कार्य हो । यस तर्फ संवेदनशिल भई राष्ट्रमा गरिने सन्धी सम्झौता राष्ट्रिय सहमति तथा नागरिक मनोभावना अनुरुप गर्न र सरकार पक्षबाट भएको दमनपुर्ण गतिबिधि बन्द गर्न हामी सम्पुर्ण मानव अधिकारकर्मीहरु अपिल गर्दछौ बिज्ञप्तीमा भनिएको छ ।
कुनै पनि बहानामा नागरिकहरुको मौलिक हक तथा स्वतन्त्रताको हरण गर्ने कार्य नगर्न, सभा सम्मेलन गर्ने र आप्mनो विचार राख्ने नागरिकको अधिकारको सम्मान गर्न तथा कानुन कार्यान्वयन गर्ने अधिकारीहरुका लागि बल तथा हतियार प्रयोग सम्बन्धि संयुक्त राष्ट्र संघिय आधारभुत सिद्धान्त १९९० को विपरित हुने गरी कार्य नगर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौ बिज्ञप्तीमा भनिएको छ ।
अर्गनाईजेशन अफ वर्ड पिस नेपालका संयोजक सुदन मरासीनी ,नेपाल शान्ती स्काउटका प्रमुख आयुक्त दधिराम कार्की लागतका ५ अधिकार कर्मी संस्थाहरुका तर्फबाट जारी बिज्ञप्तीमा शान्तिपुर्ण आन्दोलनमा घाइते भएका सम्पुर्णमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दै, ऊनीहरुको उपचारको उचित प्रबन्ध गर्न पनि सरकारसँग आग्रह गरिएको छ ।

Nabintech