१३ बैशाख २०८१, बिहीबार
एमसीसी बिरुद्ध माओवादी केन्द्रको कोहलपुरमा प्रदर्शन


एमसीसी पास नगर्न खगरदारी गर्न माओवादी केन्द्र निकट जनवर्गीय संगठनहरुले कोहलपुरमा खवरदारी गरेका छन ।
योङ कम्युनिष्टि लिग वाईसिएल,अखिल क्रान्तिकारी,अनेमसंघ क्रान्तिकारी, अखिल नेपाल सुकुम्वासीसंग लगाएत संगठनहरुले संयुक्त बिरोध प्रदर्शन गरेका हुन । माओवादी केन्द्रको पार्टी कार्यालय सहिद स्मृती भवनबाट सुरु भएको प्रदर्शन नगरको परिक्रमा गरि न्युरोड चोकमा आएर सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता एंव कोहलपुरका अगुवा व्यवासायी बलराम काफ्लेले पैसासंग राष्ट्रियता साट्न नसकिने बताए । उनले केपी ओली प्रधानमन्त्री हुदा एमसीसी संसद बाट पास गर्ने राष्ट्रघाती बुदा थपेको बताए । उनले संसद बाट पास गरेपछि नेपालको संबिधान भन्दा माथि रहने बुदा पनि घुसाईएको धारणा राखे । उनले जनताले अव को राष्ट्रवादी भनेर छुट्याउनु पर्ने बेला आएको बताए ।
उनले माओवादी सरकारमा रहे पनि राष्ट्रघाती सम्झोताको पक्षमा हुन नसक्ने बताए । उनले सम्झौता संसदमा पेश भए माओवादी केन्द्र सरकार बाट बाहिरीने निर्णय भई सकेको बताए ।


माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपाने नेतृत्वमा भएको प्रदर्शन तथा सभा लाई बिद्यार्थी नेता राजेन्द्र बिष्ट , वाईसियल नेतृ गिता शाही लगाएतले सम्बोधन गरेका थिए । एमसीसी पास गर्ने दलालहरु बिरुद्ध जस्तो सुकै आन्दोलन गर्न आफुहरु तयार रहेको उनिहरुको भनाई थियो ।

Nabintech