१३ बैशाख २०८१, बिहीबार
कोेहलपुरमा नापतौलका यन्त्र दर्ता, नविकरण शिविर सञ्चालन


कोहलपुर/आफ्ना सदस्य व्यवसायीहरुको सहजताका लागि कोहलपुर उद्योग वाणिज्य संघले नापतौल यन्त्र दर्ता तथा नविकरण सम्बन्धी शिविर सञ्चालन गरेको छ । विहिवार एक कार्यक्रमकाबीच उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा वाणिज्य संघ कोहलपुरका निवर्तमान अध्यक्ष चक्र अधिकारीले संघको कार्यालयमा शिविरको उद्घाटन गरेका छन् ।
कोहलपुर उद्योग वाणिज्य संघका सदस्य व्यवसायीहरु आफ्ना नापतौलका यन्त्रहरु दर्ता तथा नविकरणका लागि नापतौल तथा क्षेत्रीय गुणस्तर कार्यालय नेपालगञ्ज धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै नापतौल तथा क्षेत्रीय गुणस्तर कार्यालयसँग समन्वय गरी शिविर सञ्चालन गरेर संघको कार्यालयबाटै सेवा प्रवाह गरेर व्यवसायीहरुको समस्या समाधानमा वाणिज्य संघ कोहलपुरले प्रशंसायोग्य कार्य गरेको उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अधिकारीले बताएका छन् । वाणिज्य संघ सबै व्यवसायी तथा उद्योगीहरुको छाता संगठन भएकाले व्यवसायिक समस्या समाधान र व्यवसायीहरुको हक हितमा सदैव संवेदनशील बन्नुपर्नेमा अधिकारीले जोड दिए । कोभिड महामारीको पहिलो चरणदेखि नै उद्योगी व्यवसायीहरु धरासयी बन्दै आइरहेको अवस्थामा अहिले कोरोना महामारी केही मत्थर भएको अवस्थामा व्यवसायीहरु नापतौलका यन्त्र दर्ता एवम् नविकरणका लागि नेपालगञ्ज जानुपर्ने वाध्यता हल गर्न समय समयमा यस्ता शिविर संघले सञ्चालन गर्दै जानुपर्नेमा अधिकारीले जोड दिए ।
कोभिड महामारीको सयमदेखि व्यवसायिक हक हितका सवालहरुमा संवेदनशील बन्दै आइरहेको वाणिज्य संघ आप्mना व्यवसायी सदस्यहरुको माग र चाहना बमोजिम शिविर फाल्गुण ९ गतेसम्म सञ्चालन हुने वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मण राज पौडेलले जानकारी दिएका छन् । शिविरमा संघको सदस्यता ग्रहण गरेको व्यवसायीहरुले आप्mना नापतौलका यन्त्र दर्ता, अद्यावधिक तथा नविकरण गरेर शिविरबाट लाभ लिन अध्यक्ष पौडेलले आग्रह गरेका छन् । व्यवसायीहरुको सहजताका लागि यस्ता शिविरहरु क्रमिक रुपमा सञ्चालन गर्दै जाने उनले बताए । डिजिटल एवम् म्यानुअल तराजुहरु, ढकहरु सहित सबै प्रकारका नापतौलका यन्त्रहरुलाई व्यवसायिक प्रयोजनका लागि प्रयोगमा ल्याएका सबै प्रकारका व्यवसायी तथा उद्योगीहरुलाई शिविर निश्चित समयका लागि मात्र सञ्चालन हुने भएकाले शिविरको भरपुर लाभ लिन वाणिज्य संघ कोहलपुरले आम उद्योगी, व्यसायीहरुलाई आग्रह गरेको छ ।

Nabintech