८ बैशाख २०८१, शनिबार
एमसीसी पास गर्न माओवादी सहयोगी बन्दैन : नेता महरा

कोहलपुर नगर समितिको बिस्तारित बैठक सम्पन्न,२ जर्दनबढी पार्टी प्रवेश



कोहलपुर /नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता कृष्ण बहादुर महराले राष्ट्रघाती एमसीसी पारित गर्न माओवादी सहयोगी नबन्ने बताएका छन । माओवादी केन्द्र कोहलपुर नगर समितिको बिस्तारित बैठकमा बोल्दै उनले माओवादी एमसीसीको बिपक्षमा रहने बताए । उनले तोकिएको मितिमा स्थानीय चुनावमा हुने भन्दै चुनावको तयारीमा लाग्न कार्याकर्तालाई निर्देशन दिए ।
उनले केही दिन भित्रै एमसीसी बारे टुंगो लाग्ने बताए । माओवादी केन्द्र कोहलपुरको बिस्तारीत बैठकमा बोल्दै माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले चुनाबी अभियानमा लाग्न निर्देशन दिए । कोहलपुरको बिकास र समृद्धिका लागि माओवादीको नेतृत्व आवश्यक रहेको भन्दै जनताको घर घरमा जान निर्देशन दिए ।
बर्तमान नेतृत्वको कारण कोहलुरको बिकास पछाडी धकेलिएको भन्दै उनले सुशासन र पारदर्शी स्थानीय सरकार बनाउन आवश्यक रहेको बताए ।
माओवादी केन्द्रले स्थानीय चुनाव लक्षित एक महिने जन सम्वन्ध सुद्धृढीकरण तथा बिस्तार अभियान घोषणा गरेको छ । अभियान अन्तरगत माओवादी अफ्नो एजेण्डा सहित घरघर पुग्ने माओवादी केन्द्र कोहलपुरका अध्यक्ष अवराज खड्काले जानकारी दिए ।
अभियान अन्र्तगत संगठन निर्माण, जन सेवा र जनपरिचालनका काम गर्ने माओवादीले जनाएको छ ।कार्यक्रममा कोहलपुर क्षेत्रका २ दर्जन बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेकपा एमाले र बाँग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेको नगर अध्यक्ष अवराज खड्काले बताए ।

Nabintech