७ बैशाख २०८१, शुक्रबार
माओवादी केन्द्रको जनवर्गिय संगठनहरुले ज्ञापन पत्र बुझाए


कोहलपुर (बाँके)/ नेकपा माओवादी केन्द्र निकट जनबर्गिय संगठनहरुले भुमि आयोग सम्बन्धी काम अगाडी बढाउनु पर्ने लगायत बिभिन्न १२ बुदे माग सहित कोहलपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन ।
माओवादी केन्द्र निकट अखिल नेपाल सुकुम्बासी संघ,वाईसिएल,अखिल क्रान्तिकारी,अखिल नेपाल महिला संघ (क्रान्तिकारी) लगायतका मोर्चाहरुले भुमि आयोगको काम तत्काल सुरु गरि पुर्जा बितरण गनुपर्ने लगायत माग सहित ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा बर्तामान भुमि आयोगसंग कार्य सहमती सम्झौता पछि भुमिहीन सुकुम्बासी र अव्यवस्थीत बसोवासीको लागत संकलन,जग्गा नाप नक्साका काम अगाडी बढाउनु पर्नेमा स्थानीय सरकारको उदासिनता भएको भन्दै नाप जाँच र पुर्जा बितरण तथा छुट भएकाहरुको बिना सर्त लागत संकलन गर्न माग गरेका छन । त्यसैगरि ज्ञापन पत्रमा बिगतमा बेमौषमी बर्षा र असिना पानीबाट किसान र कृषि क्षेत्रमा परेको असरलाई मध्य नजर गर्दै पीडित किसानलाई राहात र क्षतिपुर्ती दिन माग गरिएको छ ।
यस्तै कोहलपुर क्षेत्रको फोहर मैला व्यवस्थापनको काममा उचित ध्यान दिन तथा फोहर मैला व्यवस्थापनका नाममा नीजि कम्पनीहरुसंग भएको अपारदर्शी साझेदार सम्झौताहरु जनता सामु सर्वजनिक गर्न माग गरिएको छ । नगरपालिकाबाट ठुलो रकम अनुदानका नाममा लिन र सर्वसाधारण संग छुटै रकम असुली गर्ने काम बन्द गर्न माग गरिएको छ । साथै निजि कम्पनी सगंको साझेदारका सम्वन्धमा नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीले अबैध सेयर तथा रकम लिने गरेको भन्ने बारे सर्वजनिक सुचना उपर छानबिन र आवश्यक कार्यवाही गर्न माग गरिएको छ ।
अनियन्त्रीत बेरुजु नियन्त्रण र असुली गर्न ,कोटेशनका नाममा आफु र आफ्ना कार्यक्रर्तालाई योजना टुक्रा टुक्रा पारेर काम गर्न दिने तथा डिपिआर निर्माण समेत निजी कम्पनी मार्फत गर्ने गराउने कार्य बन्द गर्न माग गरिएको छ ।
नगर अस्पताल, एम्बुलेन्स जस्ता जनतासंग जोडिएका बिषयहरुको निर्माण तथा खरिदमा उचित चासो दिन माग गरिएको छ । छाडा पशु चौपायको व्यवस्थापनमा उचित ध्यान दिन माग गरिएकोछ । सो बारेमा स्थानीय सरकारले गरेका गतिबिधीलाई जनताले देख्ने र सुन्ने गरि सार्वजनिक गर्न छाडा चौपाया व्यवस्थान गर्न निजी सस्था संग भएको सम्झौता र खर्चा भएको रकम सार्वजनिक गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।
ज्ञापन पत्रमा स्थानिय सरकारले मापदण्ड, कार्यबिधी बिना गर्ने र गराउने सम्पुर्ण काम तत्काल रोक्न र सर्वजनिक सम्पती तथा जग्गाहरुको संरक्षण र मनोमानी बिभिन्न संघ सस्थालाई जग्गा बितरण गर्ने काम रोक्न माग गरिएको छ । संघ सस्थालाई जग्गा बितरण को उचित मापदण्ड निर्माण गरि त्यस पछि मात्रै आवश्यक रहेका जग्गा दिन माग गरिएको छ ।
त्यस्तै ज्ञापन पत्रमा स्थानीय सरकारको कार्यकाल सकिन लागेको अवस्थामा बिकास भन्दा बितरणभुखि काम गर्ने गरि बजेट निर्माण तथा संसोधन गरिएको भन्ने जानकारीमा आएकाले त्यस्तो काम तत्काल रोक्न तथा बिकास बजेटलाई पुर्ववत तरिकाले खर्च गर्ने गराउन माग गरिएको छ ।
कोहलपुर नगरपालिका भित्र एक जना गुनासो सुन्ने अधिकारी,गुनासो सुन्न एक टोल फ्रि फोन र गुनासो पेटीकाको व्यवस्था गर्न माग गरिएको छ । जनताको गुनासो उपर के कार्यवाही भयो २४ घन्टा भित्र कोहलपुर नगरपालिकाको सुचना पार्टी र वेभ साईड मार्फत सार्वजनिक गर्ने गाराउने व्यवस्था गर्न माग गरिएको छ ।
ज्ञापन पत्रमा उल्लेखित माग र मुद्धाहरु उपर कोहलपुर नगरपालिकाले एक हप्ता भित्र जनताले थाहापाउने गरि जनतालाई सुसुचित नगरे आफुहरु आन्दोलीत हुने र कोहलपुर नगरपालिकाको भाण्डाफोर अभियानमा उत्रने वाईसिएल कोहलपुरका नगर अध्यक्ष लाल बहादुर खड्काले जानकारी दिए ।

Nabintech