७ बैशाख २०८१, शुक्रबार
जनयुद्ध विवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६१ पिन्ट रगत संकलन

माओवादीमा प्रबेशको लहर सुरु



कोहलपुर/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरले २७ औं जनयुद्ध विवसका अवसरमा आयोजना गरेको बृहद रक्तदान कार्यक्रममा ६१ पिन्ट रगत संकलन भएको छ ।
कोहलपुर नगर पार्टीले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति सदस्य तथा कोहलपुर नगर इन्चार्ज नरेन्द्र न्यौपानेले रक्तदान गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए । उनलाई नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र कोहलपुरका इन्चार्ज राजेन्द्र महतराले ब्लड व्याग दिएपछि कार्यक्रमको सुभारम्भ भएको थियो ।
रक्तदान कार्यक्रमा स्वःस्फुर्तरुपमा कोहलपुर नगरका १५ वटै वडाका व्यक्तिहरु रक्तदान कार्यक्रममा सहभागि भएको माओवादी केन्द्र कोहलपुरले बताएको छ । कोहलपुर नगर समितिका अध्यक्ष अवराज खड्काले जनयुद्धको स्मरण गर्दै माओवादी आन्दोलनमा ज्यान आहुती गर्ने महान् सहिद,घाईते,अपाङ र व्यपत्ता भएकाहरुको योगदानको उच्च मुल्याङकन गर्दै उनीहरुको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । उनले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र बाँके र रक्तदान गर्ने सवैलाई धन्यवाल ज्ञापन समेत गरेका छन् ।
कोहलपुर नगर पार्टीले आयोजना गरेको २७ औं जनयुद्ध दिवस मनाउने कार्यक्रमा कोहलपुर नगरका नेता कार्यकर्ताको उल्लेखनिय सहभागिता रहेको र २७ औं जनयुद्ध दिवस हर्षउल्लाषका साथ मनाएको माओवादीका युवा नेता नरेन्द्र न्यौपानेले बताए । सप्ताह व्यापी रुपमा २७ औं जनयुद्ध दिवस मनाउने उनले बताए ।

माओवादीमा प्रबेशको लहर सुरु

कोहलपुर नगरपालिका वडा नं १२ का ७ जना बिभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्र प्रबेश गरेका छन । जनयुद्धको २७ औं बर्ष गाठको अवसर पारेर आयोजित कार्यक्रममा नेकपा एमाले पार्टी परित्याग गरी माओवादी केन्द्र प्रबेश गरेका हुन । प्रबेश गर्नेमा पदम परियार, शेर बहादुर टमाटा, तुल बहादुर सार्की, सन्ध्या गन्दर्भ, सन्तोषी गाईन, जित बहादुर परियार रहेका छन । पार्टी प्रबेश कार्यक्रममा बोल्दै पदम परियारले आफुहरु भ्रममा परेर एमालेमा रहेदाका सबै  भ्रम मुक्त भए पछि माओवादी प्रबेश गरेको बताए ।

परियारले जनताको मुक्ति र राष्ट्रियता प्रति जिम्मेवार शक्ति माओवादी भएको बताए । उनले समग्र दलित समुदायका मुक्तिका लागी माओवादी केन्द्रमा समाहित हुन आम दलित समुदायलाई अपिल समेत गरे ।
पार्टी प्रबेश गराउदै माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले भुल बस बिभिन्न पार्टीमा रहेका श्रमजिवी जनताको धुब्रिकरण सुरु भएको बताए । उनले दलित,उपेक्षित र उत्पीडीत समुदायको साथी माओवादी केन्द्र भएको बताए । उनले माओवादी केन्द्रले मात्रै जनताको समस्या समाधान गर्ने धारणा राखे ।

Nabintech