१३ बैशाख २०८१, बिहीबार
खजुरमा वाम लोकतान्त्रीक गठबन्धन बिजयी,एमाले गठबनको हार


खजुरा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थमा एमाले गठबन्धनले हार व्यहोरेको छ । बाम लोकतान्त्रीक गठबन्धका उम्मेदवारहरु अध्याधीक मतले बिजयी भएका छन ।
शनिवार भएको मतदान पछि आईतवार सार्वजनिक मत परिणम अनुसार बाम लोकतान्त्रीक गठबन्धका तर्फका सम्पुर्ण उम्मेदवार बिजयी भएका हुन । अध्यक्षमा नोक बहादुर गोदारले ३ सय ३३ मत प्राप्त गरि बिजयी भएका हुन । प्रतिस्प्रधी एमाले राप्रपा गठबन्धका सतिस निरौलाले २ सय ६९ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपाध्यमा गोदार प्यानल बाट श्रवण धिर केसी,सचिवमा मदन केसी,कोषाध्यक्षमा गिता सापकोटा बिजयी भएका छन । महिला सदस्यमा पम्फा तिवारी सदस्यमा प्रेम बहादुर बुढाथोकी,गोपाल थापा,सुधिर कुमार सुक्ला,भक्त बहादुर गोदार,लक्ष्मण कार्की, तेजेन्द्र बहादुर बिक बिजयी भएको निर्वाचन समितीले जनाएको छ ।

Nabintech