१३ बैशाख २०८१, बिहीबार
सन्दर्भ : महान जनयुद्ध दिवस

तत्कालिन कार्यक्षेत्रको मेरो अनुभुतिमा सलवलाएको प्रश्न !



यतिवेला आठौं महाधिवशनको हलमा छु । पश्चिम कमाण्ड कार्यालयमा कार्यरत रहेकोबेला २०५९असारमा पक्राउ परेर नेपालमा सुपुर्दगि बाट प्रहरी र सेनाको हिरासतका ५२ दिनपछि सेन्टरजेल पठाईएँ। १०/११ महिना जेलको बसाईबाट रिहाईपछि मेरो कार्यक्षेत्र जाजरकोट(भेरी कर्णालीक्षेत्र)भयो। आज त्यसबेला आधार ईलाकामा बसेर पुरागरेका कतिपय जिम्मेवारीहरु अनुभुतिको गम्भिर पानाहरु बनेर दिमगमा सलवलाएका छन।पहाडमा जन्मेहुर्केको भएपनि भर्खर जेलमा कुजिएको जिउ,लामो तराईको बसाईले अग्ला पहाड र कहालि लाग्दो छाँगोको विल्कुलै अनुभवहीन,सुन्दै सातोजाने म विभागीय कामबाट एक्कासी महान जनयुद्धको आधारईलाकामा प्रवेश गर्दा एकातिर आँफु पनि वर्गयुद्ध भुमिमा भौतिकरुपमा जोडिन पाएकोमा रोमांचित थिएँ।अर्कोतिर बाटोमा ठाउँ ठाउँमा स्थानीय कमिटीहरुले आयोजना गरेका मिटिङहरुमा सहभागि भएर मैले फुच्चेहरु जस्तो देख्ने भाई बैनीहरुका रिपोर्टींग र समग्र युद्धकार्यको एकप्रकारको संश्लेषण सुन्दा आधारईलाका जस्तो सहज ठाऊँमा त यस्तो छ भने रणमैदानमै हेलिंदा कस्तो भएहोला सटुक्क उफ !! निस्कन्थ्यो मुखबाट !! दिमाग त एकदम सुन्य सुन्य र खाली खाली जस्तो अनि म त कतै युद्धरत पार्टीको सकृय सदस्यनै होईनकि क्याहो जस्तो दिमाग चक्क्राउँथ्यो ! भित्र भित्र असाध्यै हीनताबोध पो हुनथाल्यो।
पश्चिमकमाण्ड कार्यालयमा बसेर आफुले निकै ठुलोकामगरेको छु जस्तो मेरो बुझाईको सिंग जुरो विलकुल भाँचिएको अनुभुति भैरहेको थियो।किनकि भौतिकरुपमा युद्धभुमिको सामान्य अनुभव पनि थिएन म संग। आफै प्रतिको भ्रम हटाउन फेरी युद्धको क ख प्रति ध्यानदिंदै आफुलाई एडजस्ट गर्न थालेँ।घुईयाबारी बाट माथि ठडिने वेला नेतृत्वमा रहनु भएका सुरेश सिंह(शक्ति बस्नेत)लगायतको टिमसंग रमाईलो सहयात्रा गर्दै जाजरकोटको सिर्के पुगियो।कमाण्ड कार्यालयमा कार्यरत छँदा कामरेड प्रभाकर(जनार्दन)ले जसरी वेलाबेलामा सहयोग गर्नु भएको थियो सोही रुपमा साँचै एउटा भतिजले सहोदर आफ्नै अन्टी अंकललाई जस्तै गरि माया र सम्मान दिंदै गन्तब्यमा पुर्यानु भएको शक्ति बस्नेत जि को त्यो श्रद्धायुक्त स्नेहशील ब्यवहार म कहिलै विर्सन सक्दिन।माथि गएपछि क्षेत्रीय ब्युरो र विशेष ब्युरोका कामरेड जिवन,शान्त,दर्पण र विजय सर लगायत धेरैनाम विर्सेँ,कामरेडहरु संग घुलमिल हुँदैगईयो। बाँकेबाट म,सावित्री(मेरो लाईफ पार्टनर),चन्द्रकान्त,सुदिप,विराज (सल्यान) पिटर,संकल्प, जितमान लगायत सँगिहरु रहेछौं।म विभागमा कामगरेको मानिस त्यहाँ पनि मेरो कार्यक्षेत्र उद्योग बिभाग निश्चित भयो।स्थानीय कच्चा पदार्थमा आधारित केही उद्योगहरु सुचारुनै थिए।केही मेरो प्रतक्ष ईन्चार्जसिप शुरुभएपछि स्थापना गरीयो। बजारबाट किनिने प्रशोधित छाला अनि स्थानियरुपमा आफै प्रशोधन गर्नुभएको छाला समेत मिसाईएका काला जुत्ता तथा अति राम्रा सावरका जुत्ताहरु उत्पादन गर्नुभयो कामरेड जितमानजिले।कागज उद्योग,प्राविधिक र काईनेटिक पत्थर उद्योग आदि उद्योगहरु अलि ब्यवस्थित र संगठित गरीयो।आफ्नो सापेक्षतामा राम्रै परिणाम हासिल भयो पनि।हाम्रो सेल्टर टाले गाउँ पारीपट्टि भौंता(मगरगाउँ)मा थियो।चैत्रमा पनि हिउँपर्ने ज्यादै चिसो ठाउँ १ त्यही चिसो र सैन्य हिरासतको विरासतको रुपमा अहिले बाथ(Rhuematiod Artharitis)बोकेको छु।जो १५ बर्षको लक्काजवान बनेर खुव अँठ्याँदै थलापारिरहेछ।सुर्खेत,जाजरकोट,जुम्ला,मुगु र हुम्लासम्म विविध उद्योगहरु संचालित थिए। मैले ईन्चार्जसिप लिईसकेपछि कम्तिमा एकराउण्ड सबै जिल्लामा पुगेर उद्योगहरुको स्थिति थाहापाउनु नैतिक जिम्मेवारी भित्र पर्थ्यो नै।यस्तैमा आ-आफ्नो विभागीय कामको मेशोमा क.विराज(एकराज भण्डरी)चन्द्रकान्त,सुदिप लगायतको टोली जुम्ला,हुम्ला र मुगु तिर जाने भयो।नैतिक बन्धन र छाँगो,उकालो,ओह्रालो चढ्ने आतंकले खुब अँट्ठ्याई रहेकोथियो।साथिहरु संग म त सक्दिनहोला नजाऊँ क्याहो के भनेको थिएँ।सावित्रीले सबै कामरेडहरुको सामु ईल्लिविल्लि बनाईन र लाक्षीको उपाधि दिन थालिन।ल त बहादुर बन्न पर्यो श्रीमतिको अगाडी कति लाक्षी बन्ने जे त पर्ला भनेर मुलसाम लेकको बाटो उक्लिने निधो गरेर साँझ नजिकैको ओडारमा वासवस्न पुगीयो।विराज जि,हामी दुईबुढाबुढी र मेरो सहयोगिको रूपमा पार्टीबाट खटिनुभएका अत्यन्त ईमान्दार कामरेड मोहित जि समेत चारजनाको एउटा ग्रुप बन्नपुग्यो।विहान सबेरै बाटो लागियो। करिब एकघण्टा के उक्लिएको थियो हिउँ देख्नासाथ मेडम त लत्र्याकलुत्रुक पर्न थालि हालिन।हिजो अस्ति देखिनै तिन साढे तिनफिट हिउँपरेकोरहेछ मुलसामको डाँडो(ऊकालो) मा।हामीलाई पत्तो थिएन।उनलाई लेकलाग्न शुरुभैहाल्यो।जे भयो भयो यहिंबाट फर्कौं भनेँ। साथिहरुले त झन साहस पो भर्न थाल्नुभयो।कामरेड बिराजको सहास र मोहित जिको हिम्मतले त्यो हिंउँमा घुँडाडुब्ने हिमालजस्तो लाग्ने,लामोउकालोमा अन्दाजमा पाईला टेक्दै हिड्नपर्ने त्यस्तो अप्ठ्यारो बाटोमा घिसार्ने र बोक्ने गर्दै बल्लतल्ल मेडमलाई उकालो पारगराउनु भयो।मलाइ हिंउँको त झन अनुभवनै थिएन।तापनि मेडमले होस नगुमाई दिएहुन्थ्यो ठानेर खुर्सानी,मरिज र सुठोको धुलो चटाउँदै मेडम कि मेडम गर्दै चिच्याउँदै उकालो सुकालो विर्सेर तन्दुरुस्त मानिस जस्तै पछिपछि दौडेर पार गरेको पत्तै पाईन(शायद यसअघी पनि कतै उल्लेख गरेकोछू)।माटोले छोपेर सम्म पनि हिड्न नपाईने ठाउँमा श्रीमतिको लास छाडेर हिंड्न पर्नेभयो ठानेर विरक्तिएको मेरो दिमागलाई ब्यवहारिक रुपमै शान्त पारेर जिवन संगिनीको जिवन बचाई दिनुहुने कामरेड विराज(एकराज भण्डारी) र मोहित जि प्रति हृदयदेखिनै आभार प्रकट गर्दछु।
उसवेला जाजरकोट,जुम्ला हुम्ला लगायत त्यहाँका चार पाँच जिल्लाका मिटिङ्हरुमा ग्रामिण वस्ति विकास योजना लागु गरेर ब्यवस्थित बसोवास,आधुनिक उत्पादन प्रणाली विकास गरेर उन्नत फलफुलखेति र प्रत्येक डाँडाहरुमा रोप वे र केबुलकारको जालो विच्छाएर भुस्खलन लाई रोक्दै उत्पादनलाई बजार संग जोडेर गाउँ र शहर विचको भिन्नता मेट्दै नयाँ दार्जलिंग निर्माणगरिन्छ।भन्दै आफुले भावि विकासका योजनाहरु ब्याख्या गरेर सम्पर्कमा रहेका सबैलाई आश्वस्त पारेको झल्झली स्मरण गर्छु र वर्तमान तिर झाँक्छु।अनि भित्र भित्रै लाजले भुतुक्क हुनपुग्छु र पुराना साथीहरु यहाँ कतै नभेटिई दिएहुन्थ्यो भन्ने कामना गर्दै कुना तिर खुसुक्क अल्ग्ग बसेको छु।
बृहद शान्ति सम्झौता पछि तलझरेर संगठित भएपछि सकेसम्म ‘कार्यकर्ता ब्यवस्थापन’ अन्तर्गत जिल्लाबाट शान्ति समितिको कार्यालयमा नियुक्तरहनुभएका प्रमेश जी लगायतका कामरेडहरुको सहायताले परिवारको अपहरित सम्पतिको फेहरिस्त शान्ति मन्त्रालयमा सम्प्रेषण गर्छु र नयाँ कार्यक्षेत्रमा फर्कन्छु। यसपाली प्र.म शेरबहादुर देउपा जि कोमा बाहेक जति प्नधानमन्त्री फेरिन्छन कार्यालय पुग्छु र बाँके जिल्ला शान्ति समिति मार्फत प्रेषित कागजपत्र कोड गेरर आवेदन दिन्छु। हिसाब गर्दा सम्पति अपहरण गरेको २० बर्ष र शान्ति कालको १४ बर्ष लौन म अन्याय परेँ भन्दैमा विते । क्षतिपुर्ति सहित फिर्ता गर्ने भन्ने नीतिभित्र मेरो पनि अधिकार नपरेको भए म धाउने थिईन।आवेदन दिन,भन्न र धाउन लागेका महाँ दिब्य १४ बर्ष आँखा वरीपरि सल्वलाउँछन।
मबाट कहिलै कुनै कमि कम्जोरिनै भएनन् भन्ने मेरो कुनै दाविछैन र रहँदैन पनि। आवश्यकता अनुसार सप्रसंग कट्घरामा ऊभिने प्रण गर्दछु। स्पष्ट पार्न नसक्ने यदि छुटपुट केही कम्जोरी भए मरेपछि पनि कार्वाही भोग्न तयार भएको जानकारी गराउँदै अहिले भने उछालिन तत्पर मेरो स्टाटसले उब्जाएको प्रश्नप्रति थोरै अनुभुति राख्न चाहन्छु।मैले उठाएको विषय कुनै अमुक कामरेड वा अमुक जिल्ला प्रति मात्र लक्षित जस्तो बनाएर कतिपय भ्रमहरु बाहिर आउन खोजेको देख्छु र आश्चर्य मान्छु । पार्टीको माध्यमबाट हासिल क्षति र उपलब्धिमा मेरो पनि उत्तिकै अंश छ ।कर्तब्यपरायणताको सिलशिलामा होस वा अन्य जिम्मेवारी पुरागर्दा होस उपेक्षित सबैका समस्या बराबरनैहुन भन्ने बुझ्दाबुझ्दै पनि फगत मेरो पारिवारिक विषयमा मात्र केन्द्रित रहेर दगुरेका १४ बर्षका आफ्नो अनुभव र पिडा उजागर गर्न प्रेषित मेरो स्टाटस लाई यसै अनुसार बुझिदिन हार्दिक आग्रह गर्दछु।
विगतमा हरेक निर्वाचनमा सहभागि भएर अरु कामरेडहरु जस्तै म पनि निर्वाचनमा लागि पर्छु । हाम्रो सापेक्षतामा निर्वाचनमा जिताउँछौं पनि। यो त हामी सबैले देखे भोगेको आम विषयनै होईन र ? पार्टीले आफ्नामुद्धा जाति जनजाति,उत्पिडित क्षेत्र वर्ग लिंग, महिला,दलित सबैको अधिकार सुनिश्चित गर्ने पक्षमा लागिपर्ने कुरा गरेकै छ । हामीले उल्लेखित सबै क्षेत्रको प्रतिनिधित्वहुने गरी सांसद,मन्त्री अर्थात पहुँच पुगेसम्मका फिल्डहरुमा प्रतिनिधित्व भए गराएको पनि देखेकै छौं । तर अरु पार्टीहरु भन्दा भिन्न समाजवादी आन्दोलनको तयारीमा जुट्ने भन्ने नीति बोकेको हाम्रो पार्टीका सांसद,मन्त्री वा मेयर कहिंकतै सामुहिकतामा आधारित उच्चसहकारि(Commune)कृत भएको वा आफ्नो निर्वाचन क्षेत्रमा सामुहिक सहजिवन अभ्यास गरेको मैले देखे सुनेको छैन । ऊच्चपदमा पुग्ने,पुर्याउनेवित्तिकै आ-आफ्ना कोटा पुर्तिगर्दा(अघिपछि आश्यक्तानुसार फेरिने गरेका) अन्तर्जातीय विवाहमा गोत्र फेरीएको देखेको छैन । दुबै कोटामा परिवाका दुवैजना ब्यवस्थित भएको पनि नदेखिएको कुराभएन । सबै क्षेत्र अर्थात दलित बाट सांसद, मन्त्री,मेयर वा सांसद बनेकोले समग्र दलित वा महिलाकोटा बाट बनाईएकोले महिलाहरुको र अन्यबाट समेत मुक्तिको ढोकासम्म पनि खुलेको कहीं कतै देखिएन । यस्तै अन्य,जाति,जनजाति बाट प्रतिनिधित्व भएर सिमित र अमुक केही ब्यक्तिको जिवनस्तर उठ्दैमा सिंगो क्षेत्र,वर्ग,लिंग जाति,जनजातिको मुक्ति सम्भव भएको सुनिएन।बरु(समानुपातिक कोटाका दोश्रो दर्जाकाहरु बाहेक)सम्बन्धित संसद,मन्त्री या उच्चपदाधिकारी राजधानीबाट जिल्ला फर्कने बेला आआफ्ना मन्त्रालय अन्तर्गतका जिल्लाका कार्यालयहरु मध्य सबभन्दा चिल्लो र चिटिक्क परेको जुन कार्यालयको गाडी छ सो र रंगिचंगि फुलमाला लिएर एयरपोर्टमा(जहाज ग्राउण्ड नभएका जिल्लाहरुका बसअड्डाहरुमा)धनुष्टंकारीय लालसलाम टक्र्याईने गरेको प्रतक्ष भोग्ने कामरेडहरुको कमि देखिन्न । विगतमा जिवनयापन गर्न धौ धौ देखिएका हाम्रा कामरेडहरु जो अहीले पदमा हुनुहुन्छ साँच्चै अनुशासित भएर वाच्ने हो भने जिल्लाबाट जाने कतिपय स्थानीय नेता कार्यकर्ता भेटघाट वा राजधानीमा काम लिएर सम्पर्कमा आउनेहरु समेत लाई सामान्य चिया नास्ता म्यानेज गर्ने हो भने निश्चय पनि फगत तलबबाट मात्र खान पुग्दैन होला जस्तो लाग्छ। अनि पार्टीको अलावा आफ्नै पहलमा गरेको विगत निर्वाचन ताकाको खर्च असुल उपरगर्नेगरेका तरिका र दुईचार ठाउँमा देखिने घर घडेरी तथा आकर्षक घरका योजना समेत सुन्नमा जब आउने गर्छन,निर्वाचन ताका विजय गराउन दगुर्दा झडपमा परेर घाईते भएका साथिहरुको स्थिति आँखा सामु नाच्न पुग्छ।लौ सबै सकियो भन्नेकुरा होईन।अपवाद बाहेक सबै जिल्लाहरुमा यस्तै समस्या होलान भन्ने मेरो बुझाई हो।यसरी सोच्दै जाँदा यहाँ त “सामुहिक सक्रीयता र ब्यक्तिगत जवाफदेहिता”भन्ने मार्क्सवादी प्रस्थापनाले अर्कै कोल्टो फेरेर “सामुहिक सक्रीयता र ब्यक्तिगत ब्रह्मलुट”मा पो परिणत भए छ कि र? भन्ने लागेको आशंका फुत्काउन पुगेछ यो मेरो बोधो दिमागले।
(लेखकको निजी विचार)
मिति:११ पौष २०७८

Nabintech