१६ चैत्र २०८०, शुक्रबार
कोहलपुर नगर अस्पताल भवन निर्माणमा गुणस्तरहीन काम


कोहलपुर/कोहलपुर नगर अस्पताल भवन निर्माणका क्रममा गुणस्तरहीन काम भएको पाईएको छ । कोहलपुर नगरपालिकाको कार्यालयको छेवैमा झण्डै १० करोडको लागतमा निर्माण भई रहेको अस्पतालको जग निर्माणका क्रममा हालिने टाईप बिम निमाण गर्दा गुणस्तरहीन काम भएको पाईएको हो ।
टाईप बिम जमिन सतह मुनिबाटै निर्माण गनु पर्ने हुन्छ । तर त्यसो नगरी हिलो माथि निर्माण भई रहेको पाईएको हो । हिलो माथि निर्माण गर्दा कतिपय स्थानमा टाईप बिम भत्की सकेक तथा लच्केको भए पनि हिलो माथि नै बिम राख्ने काम भने रोकीएको छैन ।
टाईप बिम अधिकांस स्थानमा भत्कीसकेको भएपनि त्यस लाई सुधार गर्ने भन्दा हिलो माथि नै बिम हाल्ने काम रोकीएको छैन ।



कोहलपुर नगरपालिका संगै सो भवन निर्माण भई रहेको भएपनि कोहलपुर नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरु अनुगमनमा समेत नआउने गरेको निर्माणमा खटिएका कामदारले बताए । खटिएका कामदारले गुणस्तरहीन काम भएको भएपनि ठेकेदार कम्पनीले भनेअनुसार आफुहरुले काम गर्ने गरेको बताए ।
२०८० सम्म काम सक्ने गरि सि. ए. भि. बयान. एन. एस. जे.भि.ले निर्माणको ठेक्का लगेको छ ।

Nabintech