१३ बैशाख २०८१, बिहीबार
मृत अवस्थमा भेटिएकी सिताको हत्या भएको हुन सक्ने आफ्न्तको दाबी


कोहलपुर (बाँके)/ कोहलपुर १ कौशिल्या नगरमा मृत अवस्थामा भेटिएकी सिता परियारको हत्या भएको भन्दै आफन्तले बिरोध जनाएका छन ।
मृतका आफन्त भिनाजु अमर परियारले सिताकी सौतानि सासु मिना परियारले हत्या गरेको हुन सक्ने वा आत्महत्या गर्न बाध्य बनाएको हुन सक्ने आरोप लगाए । उनले सौतानी सासु मिनाले पटक पटक मानसिक तनाब दिने गरेको बताउँदै सोही तानावका कारण ४ महिनाको गर्भवती सिताले आत्महत्या गरेको हुन सक्ने उनको भनाई छ ।

पिडीत परियारको गुनासोकै आधारमा प्रहरीले सौतानी सासु मिनालाई पक्राउ गरेको छ । पोष्ट मार्टम रिपोर्ट र स्थानीय वासिन्दा संगको कुराकानीको आधारमा घटनाको अनुषन्धान भई रहेको प्रहरीको भनाई छ । बिहीवार मृत्यु भएकी सिताको शुक्रावार पोष्ट मार्टम गरिएको छ ।
स्थानीय र आफन्तको बिरोध पछि शनिवार मात्रै अन्तीम सस्कार गरिने बताइएको छ । स्थानीय कृष्ण माबिमा कक्षा ११ मा अध्यनरत छात्रा समेत रहेकी सिता जेहेन्दार छात्र रहेको बिधालयको भनाँई छ । ११ मा पढदै गरेकी र ४ महिनाकी गर्भवती भएकाले आत्म हत्या गर्न बाध्य बनाईएको हुन सक्ने आफुन्तको भनाई छ ।
पिडीतका आफ्तका अनुसार सितालाई सौतेनी आमा सिताले पटक पटक मानसिक तनाव दिनुका साथै हात पात समेत गर्ने गरेको छिमेकीको आरो छ ।
सिताको शव बिहीवार आफ्नो घर आगनमा भएको रुखमा भुण्डीएको अवस्थामा फेला परेको थियो ।

Nabintech