१५ चैत्र २०८०, बिहीबार
बैजनाथ गाँउपालिकाको वडा नं ५ मा पर्ने रंगिला चोक देखि त्रिवेणी हुँदै छमनियाबाट डिगिया जाने बाटो त्रिवेणी देखि छमनिया नर्सरी सम्मको बाटो जिर्ण बन्दै


बैजनाथ /गाँउपालिकाको वडा नं ५ मा पर्ने रंगिला चोक देखि त्रिवेणी हुँदै छमनियाबाट डिगिया जाने बाटो त्रिवेणी देखि छमनिया नर्सरी सम्मको बाटो जिर्ण अवस्थामा रहेको छ । बर्षायाममा मात्रै होईन हिँउदमै पनि हिलाम्मे बनेको छ । अटो रिक्सा , साइकलयात्री , र साना सवारीसाधनको दुर्घटना समेत हुने गरेको छ । दुई बर्ष अघि बाटो राम्रो थियो तर अहिले ओहोरदोहर गर्न समेत गाह्रो हुने भएको छ । लगातार ढुङ्घा , माटो, बालुवा, लोडे गरिएका ट्रयाक्टर र टिप्पर ओहोरदोहर गरिरहने भएकाले बाटोको अवस्था बिग्रदै गएको हो । स्थानिय भन्छन् , बाटो सुधार गर्न स्थानिय तहमा निवेदन समेत गरियो तर स्थानिय सरकारले बाटोमा मोराङ मात्र झारिदियो बाटोमा बनेका ठुलठुला खाडल अहिले पनि उस्तै छन् । बर्षातको समयमा हिलो र हिउदको समयमाधुलो सहन बाध्य छाँै । त्यसैले ट्रयाक्टर र टिप्पर ओहोरदोहरमा रोक लगाउन भन्दैं पुनः स्थानिय सरकार सम्म पुगौँ बिडम्बना नै भन्नुपर्छ । ट्रयाक्टर र टिप्पर विकास निर्माणको काममा हिँडिरहेका छन् । विकास निर्माणको काममा कसैले पनि अबरोध गर्ने अधिकार कसैको नहुने बताइयो ।

अधिकारकै कुरा हो भने “स्वच्छ वातावरणको हक” खोई रुस्वच्छ वातावरणको नामामा आखिर धुलो र हिलो कहिले सम्मा रु स्थानियहरु भन्छन्, बर्षायाममा नाला बढ्दा गाउँमा आउने पुल छैन । छोराछारीलाई नजिककै स्कुलमा पठाउन पनि बाटो खराब हँुदा अरुको धान खेतको आलिबाट पठाउनु पछ । घरबाट केहि सिकाएर पठायो विध्यार्थीले स्कुलबाट विर्सेर आउछन् । नत गाउँमा बाटो राम्रो छ । बिजुलीका पोलहरु यताउता ढलिरहन्छन् , शिक्षा, स्वास्थ्य , पुर्बाधार केहि छैन । बैजनाथमा कताहुँदै छन् त विकास निर्माणका कामहरु

Nabintech