४ बैशाख २०८१, मंगलवार
राष्ट्रियसभा निर्वाचन : लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलकै पल्ला भारी


कोहलपुर(बाके)/राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलकै पल्ला भारी देखिएको छ । भाेलि बिहान ९ बजेदेखि मतदान हुदैछ ।
लुम्बिनीमा कुल मतदाता संख्या २ सय ९६ छ । यसमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउँछन । स्थानीय तहका प्रमुख र उपप्रमुख एकजनाको १८ र प्रदेश सभा सदस्यको ४८ मतभार हुने गर्छ ।
गठबन्धनको कुल मतभार २१ सय १२
लुम्बिनीमा हाल प्रदेश सांसद ८१ जना छन । ८१ प्रदेशसभा सदस्यको मतभार कुल ३ हजार ८ सय ८८ हुन्छ । त्यस्तै स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २ सय १५ रहेको प्रदेश निर्वाचन कार्यालय दाङका एक कर्मचारीले बताए । स्थानीय तहतर्फको कुल मतभार ३ हजार ८ सय ७० हुन्छ । दुबै मिलाएर प्रदेशको कुल मतभार ७ हजार ७ सय ५८ रहेको छ ।
लुम्बिनी प्रदेशसभा सदस्यमा सत्तासाझेदार दलहरु नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १९, जनता समाजवादी पार्टीका ४, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजवादी पार्टीका १ जना सांसद रहेमा छन् । जसको कुल मतभार २१ सय १२ हुन्छ ।
त्यस्तै स्थानीय तहतर्फ कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राजमोका ५ र नेकपा एकीकृत समाजवादीका ४ प्रमुख तथा उपप्रमुख रहेका छन् । सत्तासाझेदार दलहरुको स्थानीय तहतर्फको कुल मतभार २ हजार १ एक ७८ छ । प्रदेशसभा र स्थानीय तह दुवै मिलाएर लुम्बिनीमा सत्तासाझेदार दलहरुको कुल मतभार ४ हजार २ सय ९० रहेको छ ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रदेशसभामा ३६ र स्थानीय तहतर्फ ८८ प्रमुख तथा उपप्रमुख रहेका छन् । उस्को प्रदेशसभातर्फको मतभार १ हजार ७ सय २८ र स्थानीय तहतर्फको मतभार १ हजार ५ सय ८४ गरि कुल मतभार ३ हजार ३ सय १२ पुग्ने गर्छ ।
यो अंक गणित नियाल्दा सत्तारुढ गठबन्धन ९ सय ७८ मतभारले प्रमुख प्रतिपक्षी एमाले भन्दा अगाडि देखिन्छ ।त्यस्तै लुम्बिनीमा प्रदेशसभा सदस्यमा स्वतन्त्रतर्फ एक र स्थानीय तहमा ४ मत रहेको छ । दुबै जोड्दा स्वतन्त्रतर्फको कुल मतभार १ सय २० पुग्ने गर्छ ।
तीन सिटका लागि ६ जनाबीचको प्रतिस्पर्धा :
लुम्बिनीमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिकले उम्मेदवारी दिएका छन् ।
त्यस्तै नेकपा एमालेबाट रामदयाल गुप्ता, भारती उपाध्याय र कृष्णबहादुर बिकले उम्मेदवारी दिएका छन ।सत्तारुद्ध दलहरुले मिलेर संयुक्त रुपमा र एमालेले एक्लै राष्ट्रिय सभामा भिड्न थालेको छ ।
प्रदेशमा अन्य, महिला र दलित तर्फका एक-एक गरी तीन सिटका लागि निर्वाचन हुँदैछ । तीन सिटका लागि ६ जनाबीचमा प्रतिस्पर्धा हुन थालेको हो ।

Nabintech