१२ बैशाख २०८१, बुधबार
सीता दाहाल अस्पतालबाट ‘डिस्चार्ज’


काठमाडौं। नेकपा (माओवादी केन्द्र) की सल्लाहकार परिषद् सदस्य तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल ‘डिस्चार्ज’ भएकी छन्। कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।
स्वास्थ्यमा सुधार आएपछि उनलाई घरमै गएर आराम गर्नेगरी डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ। कोभिडको असर कम भएलगत्तै अस्पतालले पुनः उपचारका लागि भने बोलाएको छ। सीता दाहाल लामो समयदेखि पार्किन्सनबाट समेत पीडित छन् ।

Nabintech