१३ बैशाख २०८१, बिहीबार
नागरिकता लिनेको संख्या पहिलेको भन्दा ५० प्रतिसतले बृद्धि


कोहलपुर/ इलाका प्रशासन कार्यलय कोहलपुर बाट नागरिकता लिनेको संख्या पहिलेको भन्दा ५० प्रतिसतले बृद्धि भएको छ । त्यहाँका शाखा अधिकृत कासी प्रसाद पंगेनी सरले भन्नु भयो , मतदाता परिचय पत्र बनाउनेको क्रम बढेसंगै नागरिकता लिनेको संख्यामा समेत बृद्धि भएको हो । भिडभाड कमगर्न र गुणस्तरिय सेवा दिनको लागि टोकन सिस्टम लागु गरिएको छ । दिनमा ५० वटा टोकन बितरण गरेर ५० जना सम्मको नागरिकता बन्ने र नबनेकाले पुनः भोलीपल्ट आउले गरेका छन् । यस क्रममा भिडभाड हुने र कोरोना फैलने जोखिम समेत उच्च रहेको छ । स्वास्थ्य सम्बन्धीका सम्पपुर्ण मापदण्डको पालना र सहि तरिकाले माक्सको प्रयोग गरी सेवा लिन अनुरोध समेत गर्नुभएको छ ।

Nabintech