१६ चैत्र २०८०, शुक्रबार
ओमिक्रोन फैलिएपछि बाँकेमा कोभिडबाट पहिलो मृत्यु


नेपालगन्ज । मंसिर २६ पछि बाँकेमा कोभिडबाट पहिलो मृत्यु भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ की ४१ वर्षीया जगमति चौधरीको भेरी अस्पतालमा आज दिउँसो सवा १ बजे उपचारका क्रममा मृत्यु भएको छ । ओमिक्रोन फलिएपछि बाँकेमा यो पहिलो मृत्यु हो ।

पुस ३० गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना पुष्टि भएकी उनी त्यसै दिन भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनले कोभिड विरुद्धको खोप नलगाएको वलीले बताए ।

यसैवीच बाँकेमा थप ५८ जनामा कोभिड पुष्टि भएको छ । यहाँका ३ वटा ल्याबमा कोभिड परीक्षण गर्दा बाँकेका ४६ जनामा कोरोना पुष्टि भएको वलीले बताए ।

Nabintech