१६ चैत्र २०८०, शुक्रबार
चोरी तस्करी बढेको वन समूहहरुको गुनासो


कोहलपुर/साविक लखना रेन्जपोष्ट अन्र्तगतका ९ ओटा सामूदायिक बनहरुमा काठ तस्करी बढेको बन उपभोक्ता समितीले बताएका छन । रातको समयमा सालका गोलिया समेत चोरी गरि नजिकका मिल तथा ईटा उद्योगहरुमा पुर्याईने गरेको शक्ति सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष चित्र बहादुर बोहराले जानकारी दिए ।
उनका अनुसार सो क्षेत्रका बागेश्वरी सामूदायिक बन उपभोक्ता समूह, आरती सामुदायिक बन उपभोक्ता समूह, आस्था सामुदायिक बन उपभोक्ता समूह, शक्ति सामुदायिक बन उपभोक्ता समूह, पर्वतीपुर सामुदायिक बन उपभोक्ता समूह, मितेरी सामुदायिक बन उपभोक्ता समूह, लक्ष्मी हरियाली सामुदायिक बन उपभोक्ता समूह, उषा हरियाली सामुदायिक बन उपभोक्ता समूह, य सरस्वती सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्रमा चोरी निकासी बढेको हो ।
चोरी निकासी नियन्त्रणका लागी बन उपभोक्ता सूुहले सामुहिक गस्ती टोली बनाएर गस्ती गर्ने गरेको भएपनि बन कार्यलयका कर्मचारी बाट उचित सहयोग नपाएको गुनासो उनिहरुले गरे । आरती सामुदायिक बन उपभोक्ता समूहकी अध्यक्ष नारायनी थारुनीले सब डिभिजन बन कार्यालय कोहलपुरका यस अघि निमित कार्यालय प्रमुख भएर काम गर्दै आएका रेन्जर मान बहादुर थापाले काठ चोर समातेर खवर गर्दा समेत नआउने गरेको गुनासो गरिन ।
रेन्जर थापा केही समय पहिले सम्म सव डिभिजन बन कार्यालय कोहलुरका निमित्त कार्यालय प्रमुख थिए । हाल उनि रेन्जरका रुपमा कार्यरत छन ।
कतिपय चोरी तस्करीमा वन उपभोक्ता समूहकै सदस्यहरुको समेत संलग्नता हुने गरेको तर बन कर्मचारीको साथ नपाउदा आफुहरुले चोरी नियन्त्र गर्न नसकेको मितेरी समुदायिक बन उपभोक्ता समुहका अध्यक्ष छेदवा थारुले बताए ।
उनका अनुसार गस्तीकै क्रममा अवैध हरिया साल कटान गरि पिप्रहवामा रहेको शिव शंकर सःमिलमा पुर्याईएको अवस्थामा फेला परेर बनका कर्मचारीलाई बुझाउदा समेत तस्तकरहरुलाई भगाईएको तथा मिल सञ्चालकलाई समेत कानूनी दायरमा नल्याईएका उदाहरण समेत छन । उनले दैनिक दर्जनौ साईकलहरुमा गोलिया तथा दाउराको चोरी निकासी हुने गरेको छ ।
सव डिभिजन बन कार्यालय कोहलपुरका हालै कार्यालय प्रमुख बनेका राज बहादुर चौधरीले चोरी बढेको स्विकार गरे । उनले चोरी नियन्त्रण गर्न गस्ति टोली परिचाल गरिएको बताए । उनले केहि दिन पहिले हरियो सालको ६ वटा गोलिया शिव शंकर सःमिल पिप्रहवा बाट नियन्त्रणमा लिएर जिल्ला पठाईएको जानकारी दिए ।
उनले केहि दिन अघि ३ घन्टामा ५५ वटा साईकल र दाउरा बरामद गरिएको समेत जानकारी दिए ।
चोरी नियन्त्रणमा खटिदा आफुहरु पनि तस्कर बाट असुरक्षीत हुने गरेको बन समूहका अध्यक्षहरुको भनाई छ ।

Nabintech