७ बैशाख २०८१, शुक्रबार
कोहलपुर नगरपालिकामा खोप लाउने भिडले कोरोनाको जोखिम बढ्यो


कोहलपुर /कोरोना खोप लाउन भन्दै कोहलपुर नगरपालिकामा भिडभाड बढे संगै कोहलपुरमा कोरोना फैलीने जोखिम थप बढेको छ ।
कोरोना जोखिम बढेको भन्दै स्थानिय प्रशासनले २५ जना भन्दा बढि मानिस जम्मा नहुन लिखित निर्देश्न जारी गरेको भएपनि कोहलपुर नगरपालिकाको गेटमा भने खोप लाउने भन्दै दैनिक ५ सय भन्दा बढि मानिसहरु जग्गा हुने गरेका छन ।
यसरी जनास्वास्थ्यका मापदण्डको पालमा नगरी समाजिक दुरी समेत कायम नगरी दैनिक सयौँको संख्यामा जम्मा हुने भिडले थप जोखिम बढाउने कोहलपुर नगरपालिकाकै स्वाथ्य शाखाकाका एक कर्मचारीले बताए । नाम नबताउने सर्तमा उनले भने व्यवस्थीत तरिकाले खोप लागउने व्यवस्था मिलाउने जिम्मेवारी कोहलपुर नगरपालिकाका हो ।

 

Nabintech