१३ बैशाख २०८१, बिहीबार
कल्याणकारी काममा जुट्यो नरैनापुर गाँउपालिका

नरैनापुर गाँउपालिकाकाद्धारा सम्पुर्ण परिवारलाई चुल्हो बितरण



आगलागी नियन्त्रणका लागि सहयोगी हुने भन्दै बाँकेका नरैनापुर गाँउपालिकाले पालिका भित्रका सम्पुर्ण घर परिवारलाई ग्याँस चुलो बितरण गरेको छ ।
गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेतले ५ करोडको लागतमा ९ हजार ५ सय ग्याँस चुल्होको सेट बितरण गरिएको जानकारी दिए । पालिकाको रेकर्डमा रहेका सम्पुर्ण घर परिवारलाई बितरण गरिएको उनको भनाई छ । प्रत्येक बर्ष नरैनापुर गांउपालिका ८ सयको हाराहारीमा घरहरुमा आगलागी हुने गरेको प्रमुख प्रशासकिय अधिकृत बस्नेतको भनाई छ ।
ग्याँस चुल्हो सेटमा चुल्हो,सिलिन्डर,रेगुलेटर,पाईप र लाईटर रहेको उनले बताए ।
आगालागी बाट बर्षेनी हुने करोडौं रुपैयाको क्षतीलाई कम गर्न ग्यास चुल्हो बितरण गरेको गाउँ पालिका अध्यक्ष मोहमद स्तीयाक शाहले बताए । उनले हरेक परिवारसंग चुलो अनिवार्य प्रयोगमा ल्याउने सम्झौता गरेर मात्रै हस्तान्तरण गर्ने गरिएको उनको भनाई छ ।

पालिका अध्यक्ष शाहले पालिकामा यस अघि दाउराको प्रयोग बाट खान पकाउने कारणले गर्दा आगलागीको घटना बढेको पाईएको बताए । उनले ग्यास चुल्होको प्रयोगले वतावरणको संरक्षण र घुवाँ बाट लाग्ने रोगहरु बाट छुटकारा पाउने बताए ।
दाउराको प्रयोग बाट खाना पकाउदा बन जंगल अत्याधिक मात्रमा फडानी हुने गरेको उनको भनाई छ ।
नरैनापुर गांउ पालिकाका लेखा अधिकृत प्रकास अधिकारीले ई बिड बाट टेण्डर अवाहान गरि प्रति चुल्हो सेट ५ हजार २ सयका दरले खरिद गरिएको जानकारी दिए । उनले यस अघि पालिका र प्रदेश सरकारको साझेदारीमा ६ कक्षा देखी माथि अध्यनरत किसोरीहरुलाई साईकल बितरण गरिएको जानकारी दिए । पालिकाको २५ लाख र प्रदेश सरकारको २५ लाख लागतमा ५ सय २० किसोरीलाई साईकल बितरण गरिएको जानकारी दिए ।
बाँके जिल्लामा नरैनापुर गांउपालिकाले दलित बिद्यार्थिहरुलाई ड्रेस जुता टाई बेल्ट, बितरण गर्ने कार्याक्रम रहेको समेत बताए ।
ग्याँस चुल्हो हस्तान्तरण कार्यक्रममा पालिकाले स्थानिय संग बन फडानी नगर्ने लगायतका ९ बुदे सम्झौता समेत गरेको छ ।

 

Nabintech