१३ बैशाख २०८१, बिहीबार
ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन


ब्राजिलका महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। पेले केही समय यता मिर्गौला र प्रोस्टेटको उपचार गराइरहेका थिए। अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उनको परिवार र आफन्तले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ। लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ। पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो। पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गरेका छन् ।

उनले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गरेका छन्। फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो।

Nabintech