७ बैशाख २०८१, शुक्रबार
शान्ति सुरक्षा कायम गर्नु पहिलो जिम्मेवारी हो : एसपी राठौंर


नेपालगन्ज /बाँकेका प्रहरी प्रमुख (एसपी) सन्तोषसिंह राठौंरले जिल्लाको शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो जिम्मेवारी रहेको बताएका छन् । बाँकेका पत्रकारसँग बिहीबार गरिएको परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आफु जिल्लामा कार्यरत रहँदासम्म इमान्दारिता पुर्वक काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । शान्ति सुरक्षा कायम गर्ने क्रममा सबैसँग समन्वय र सहकार्य गर्ने उनको जोड छ । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखका रुपमा एसपी राठौंर केहीदिन अघि मात्र सरुवा भएर आएका थिए । सो क्रममा उपस्थित भएका बाँकेका पत्रकारहरुले एसपी राठौंरलाई आ आफ्ना सुझाव दिएका थिए ।

Nabintech