१६ चैत्र २०८०, शुक्रबार
भारतबाट नेपाल भित्रंदै गरेकी एक महिलामा कोभिड


नेपाल भारत सीमाको जमुनाहा नाकामा बिहीवार जाँच गर्दा भारतबाट नेपाल आउँदै गरेकी एक जना महिलामा कोरोना भाइरस पुष्टी भएको छ । जाजरकोटकी ३० वर्षीया महिलामा कोभिड पुष्टि भएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले गत असोज १ गते यता बिहीवार पहिलोपटक सीमानाकामा संकलन भएको नमुनामा कोभिड पुष्टि भएको बताए ।

असोजयता बाँकेमा कोभिडको केस भेटिएको थिएन । भारत र चीनमा कोभिड बढ्ने क्रम देखिएपछि नेपालमा पनिा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउन भनेको छ ।

Nabintech