८ बैशाख २०८१, शनिबार
ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र बनेको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ सात दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन अध्यक्ष ओलीको नेतृत्वमा सरकारमा रहेका दलहरूका बीचमा सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गरेको हो।

एमाले महासचिव शंकर पोखरेलले यसबारे जानकारी दिँदै पार्टीका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्यूनतम् साझा कार्यक्रम मस्यौदा समिति गठन भएको पनि बताए । यसबाट नयाँ सरकारको काम जनअपेक्षा अनुरूप अघि बढाउन सहयोग पुग्ने उनको विश्वास छ ।

यसअघि गृहमन्त्री रवि लामिछानेले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तय गर्न ओलीको संयोजकत्वमा कार्यदल बनेको बताएका थिए ।​

Nabintech