११ बैशाख २०८१, मंगलवार
प्रधानमन्त्रीको सचिवालयले भन्यो– बधाई दिन समय नमाग्नू, देश निर्माणका काममा समय चाहिन्छ


काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले शुभकामना आदानप्रदानका लागि समय नमाग्न आग्रह गरेको छ ।

बिहीबार साँझ सचिवालयले बधाई र शुभकामनाका लागि बित्ने समयलाई प्रधानमन्त्री प्रचण्डले देश निर्माणका काममा खर्चन उचित हुने धारणा राखेको जनाउँदै समय नमाग्न आग्रह गरेको हो ।

अब उप्रान्त बधाई र शुभकामनाका लागि समय माग नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ । सरकारको कामलाई प्रभावकारी बनाउनका लागि दिने सल्लाह सुझाव सचिवालयमार्फत पेस गरिदिन पनि आग्रह गर्दछौँ, सचिवालयले भनेको छ ।

आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड बुधबार मात्र बालुवाटार सरेका छन् । एमालेसँगको सहमति अनुसार उनले साढे दुई वर्ष प्रधानमन्त्रीका रूपमा काम गर्नेछन् ।

Nabintech