१३ बैशाख २०८१, बिहीबार
शिक्षक बाटै यौन दुब्यवहार


कोहलपुरमा एक छात्रा शिक्षक बाटै यौन दुव्यवहारमा परेको घटना बाहिर आएको छ ।
कोहलपुर ८ मा रहेको नमुना बिद्या सदनमा कक्षा १० मा अध्यनरत छात्रा लाई यौन दुव्यवहार गरेको आरोपमा सोही बिद्यालयका शिक्षक पक्राउ परेसंगै घटना सार्वजनिक भएको हो ।
पिडितका अभिभावकले यौन दुव्यवहार बिरुद्ध उजुरी दिएको र सोही आधारमा शिक्षक पक्राउ परेका ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ऐन बहादुर मल्लले जानकारी दिए । उनले घटना बारे अनुषन्धान भई रहेको बताए ।
घटनाको बिषयमा बिभिन्न बिद्यार्थी संगठनले बिज्ञप्ती निकालेर भ्रत्सना गरेका छन । नेपाल बिद्यार्थी संघ , अनेरास्वबियु र अनेरास्वबियु क्रान्तिकारीले बिज्ञप्ती निकालेर दोशि लाई कडा भन्दा कडा कार्यवाहीको माग गरेका हुन ।

Nabintech