१६ चैत्र २०८०, शुक्रबार
कोहलपुरमा दर्ता बिनै डेन्टल अस्पतालहरु संञ्चालनमा

स्थानिय सरकार मुकदर्शक



कोहलपुरमा सञ्चालीत डेन्टल अस्पतालहरु अनुमति बिना सञ्चालनमा आएको पाईएको छ । कोहलपुर नगर स्वाथ्य शाखा प्रमुख अनिल सिह ठकुरीले हाल कोहलुरमा सञ्चालित कुनैपनि डेन्टल अस्पतालहरु स्थानिय सरकार संग सञ्चालन अनुमति नलिएको जानकारी दिए ।
प्रमुख ठकुरीका अनुसार नेपाल सरकार कम्पनि रजिष्टारको कार्यालयमा दर्ता भएकै आधारमा डेन्टर अस्पताल संचालनमा आएका हुन ।
कोहलपुरमा झण्डै १ दर्जन डेन्टल अस्पतालहरु अनुमति बिना निर्वाध संचालनमा छन । उनिहरुले दिने सेवा , सेवा वापत लिने पैसा समेत मनपर्दी रहेको एक सेवाग्राहीले जानकारी दिए ।
२०७४ साल अघि जिल्ला जनस्वाथ्य कार्यालय बाँके बाट १ बर्षे संचालन अनुमति लिएका डेन्टल हस्पिटलहरु स्थानिय सरकारमा दर्ताहुनुपर्ने भएपनि उनिहरु स्थानिय सरकारमा दर्ता बिनै संञ्चालित छन ।
स्थानिय सरकार गठन भएको ६ बर्ष पुग्नै लाग्दा समेत बिना दर्ता निर्वाध संञ्चालित छन । कोहलपुर नगरपालिकाले २०७५ सालमा स्वाथ्य सस्था सञ्चालन ऐन निर्माण गरेको थियो । हाल सो ऐन संसोधन गरेका स्वाथ्य संस्था सञ्चालन निर्देशिका २०७८ समेत जारी गरेको छ । सो ऐन अन्र्तगन स्वाथ्य संस्थाहरु अनिवार्य स्थानिय सरकारमा दर्ता हुनुपर्ने प्रावधान छ ।
कोहलपुर ११ मा सञ्चालनमा रहेको मई डेन्टल अस्पतालका सञ्चालक गणेश शाहीले स्थानिय सरकार संग सञ्चालन अनुमति लिनु पर्ने प्राबधान बारे आफु जानकार नरहेको बताए । उनले कम्पनि रजिष्टार कार्यालयमा दर्ता गरेर डेन्टल हस्पिटल सञ्चालन गरेको जानकारी दिए । उनले २०७४ सालमा जिल्ला जनस्वाथ्य कार्यालय बाट १ बर्षे सञ्चालन अनुमति लिएको भएपनि त्यसपछि कुन सरकारी कार्यालय नगएको जानकारी दिए ।
कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले स्वाथ्य संस्था सञ्चालनमा कडाई गरिने जानकारी दिए । अनुमति नलिएर सञ्चालन भएकाहरु लाई कार्यवाहीको दायरामा ल्याईने उनको भनाई थियो ।
तर नया स्थानिय सरकार गठन भएको ७ महिना बितिसक्दा पनि गैर कानुनि तरिकाले सञ्चालित कुनैपनि संस्था उपर कार्यावाही नभएको एक स्थानियको भनाई छ ।
उनले भने सडकमा गुडने ठेला गाडाको अनुगमन भएको छ तर महल भित्र दर्ताबिनै सञ्चालिन स्वाथ्य सस्थाहरु भने निर्वाध चलिरहेका छन ।

Nabintech