१२ बैशाख २०८१, बुधबार
होटल सेन्ट्रल प्लाजा कोहलपुरले नयाँ बर्ष बिशेष कार्यक्रम गर्ने


अंग्रेजी नयाँ बर्षको पुर्व सन्ध्यामा चर्चित गाएक अलमोडा राना उप्रेती कोहलपुर आउने भएका छन । सन २०२२ लाई बिदाई र सन २०२३ लाई स्वागत कार्यक्रममा आफना चर्चित गितहरु अल्मोडाले प्रस्तुत गर्ने आयोजक होटेल सेन्ट्रल प्लाजा कोहलपुरले जनाएको छ । ”धान गोडने बेला भो गैरी खेतैको”, ”काफल खान्या कुइयाँ मर्यो ला जुनकिरी शिशाकी गोली”ले जस्ता चर्चित गितहरुमा संबद्ध अल्मोडा कोहलपुरे माझ झुम्ने र झुमाउने जिम्मा भने कोहलपुरमा रहेको एक मात्र पांच तारे होटल सेन्ट्रल प्लाजाले लिएको छ । नयां बर्षलाई उल्लासका साथ कोहलपुरमै मनाउने अबसर दिन सो सांगितिक सांझमा रु १७९९ रुपैयामा दर्शकहरुले होटेल सेन्ट्रल प्लाजाको खाजाको स्वादसंगै कार्यक्रममा झुम्न पाउने छन ।

होटेल सेन्ट्रल प्लाजाका बित्त प्रमुख आशिष गुप्ताका अनुसार हाल सम्म १५० टिकट बिक्रि भईसकेको बताउदै ४०० सम्म टिकट बिक्रि गर्ने आफनो लक्ष्य रहेको बताए । सांगितीक कार्यक्रमलाई सभ्य भब्य र सौम्य बनाउन ब्यक्तिगत स्वास्थ्य सुरक्षा देखि आन्तरीक सुरक्षाको समेत तयारी रहेकाले दर्शकहरुलाई कार्यक्रममा निर्धक्क आउन सक्ने बताएका छन ।

साँगितीक कार्यक्रममा अल्मोडाका अलावा बिन्दु परियार, उमादेवी खनाल लगाएतका कलाकारहरु आउने बताउदै होटेल सेन्ट्रल प्लाजाका प्रमुख आशिष गुप्ताले बताए । उनले ग्रुपमा आउने दर्शकहरुलाई आउने जाने यातायातको सुबिधा समेत रहेको बताए । टिकट बिक्रिका लागि होटेल सेन्ट्रल प्लाजाको टिम फिल्डमा गई सकेको बताइएको छ ।

१६ गते साझ ७ बजेदेखि सांगितीक कार्यक्रम शुरु हुनेछ भने उक्त दिनको टिकट होटेलको प्रांगणबाटै बिक्रि बितरण गरिने आयोजकले बताएको छ । कोहलपुरलाई चिनाउन यस्ता कार्यक्रमहरु बिगत ४ बर्षदेखि गर्दै आएको होटेलले पर्यापर्यटनका निम्ति यो आफनो दायित्व समेत भएको दावी गरेको छ । कार्यक्रममा स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने होटेल सेन्ट्रल प्लाजाले दावी गरेको छ ।

Nabintech