१४ बैशाख २०८१, शुक्रबार
खजुरा ५ मा निशुल्क ईन्टरनेट सेवा

वडा अध्यक्ष शेष भन्छन् : लोक कल्याणकारी स्थानिय सरकारको अभ्यास गरि रहेका छौ



खजुरा गाँउपालिका वडा नं ५ का वडा अध्यक्ष गरिबे शेषले वडामा निशुल्क ईन्टरनेट सेवाको पहुच पुर्याएका छन ।
खजुरा बजार देखि पश्चिम तर्फ साबिकको उढरापुर गाबिसका १,२,३,४,५,८र ९ वडा मिलेर बनेको हालको वडा नं ५ मा वडा अध्यक्षका रुपमा निर्वाचित भए संगै शेषले वडाभर निशुल्क ईन्टनेट पुर्याउने उद्घोष गरेका थिए । सो योजना अन्र्तगत उनले हाल सम्म २२ स्थानमा ईन्टरनेट जोडि सकेका छन भने अन्य स्थानमा जोडने क्रम जारी छ ।
वडाका सम्पुर्ण बासिन्दाको पहुच पुग्ने गरि २ सय एम. बि. पि. एच. का ३५ स्थानमा ईन्टरनेट जोडने योजना रहेको अध्यक्ष शेषले जानकारी दिए ।
वडाका ६० प्रतिसत घरका मानिसहरु बैदेशिक रोजगारीमा छन । घरका मानिसहरु संग ईन्टरनेटको माध्याम बाट कुरा गर्न सहज बनाउनका लागी निशुल्क नेटको योजना बनाईएको वडा अध्यक्ष शेषले बताए । निशुल्क ईन्टरनेट पछि बिद्यार्थीहरु लाई अध्यनमा पनि सहजता आएको वडा अध्यक्ष शेषले बताए ।


कक्षा ११ मा अध्यनरत स्थानिय सरोज बर्माले वडाको निशुल्क ईन्टरनेट योजनाले आफुहरु लाई अध्यनमा ठुलो सहयोग पुगेको बताए । बर्माका अनुसार सो वडामा ईन्टरनेट सेवा प्रदायकले सेवा बिस्तार नगरेका कारण नेपाल टेलिकम र एन सेलको डाटाको सहयोग लिनु पर्ने अवास्था थियो । डाटाको प्रयोग गर्दा घेरै रकम खर्च हुने गरेको उनिहरुको अनुभव छ ।
खजुरा ५ मा निशुल्क ईन्टरनेट मात्र होईन वडाका सम्पुर्ण स्कुले बिद्यार्थीका लागी , स्कुट ड्रेस , व्याग , ९ देखी १२ कक्षा सम्म अध्यनरत सम्पुर्ण छात्र छात्रा लाई साईकल बितरण गरिएको वडा अध्यक्ष शेषले जानकारी दिए ।


लोक कल्याणकारी स्थानिय सरकार बनाउन लागी वडामा बृद्ध बृद्धाहरु लाई न्यानो कपडा , हर्लिक्स , सुत्केरी महिला लाई कपडा लगायतका सामग्री समेत बितरण गरिएको वडा अध्यक्ष शेषको भनाई छ ।

Nabintech